केशर मोक्तान,९ अप्रेल: राजमार्ग स्थीत कालीझोड़ा
टिस्टा जलबिधुत परियोजना चरण
चारको भार आज देखि मुख्य अभियन्त
प्रभारी सदेव खटुवाले सम्हालेका
छन | सहदेव खटुवाले जलबिधुत
परिजोनामा सफलतापूर्बक कार्य
गरेको कारण नै उडिसाबाट फेरी
स्थान्तानातर भएर यस बिधुत
परियोजना देखरेखको निम्ति
फेरी यस क्षेत्रमा आएका छन | मुख्य
अभियन्त प्रभारी एस.खटुवाले
सिक्किम रंगीत जलबिधुत परियोजना
१९९१ देखि २००० सालसम्म ९ बर्ष,टिस्टा
जलबिधुत परियोजना चरण पाचमा
२००० साल देखि २००५ सम्म ५ बर्ष,टिस्टा
जलबिधुत परियोजना चरण तीनमा
२००५ देखि २००९ सम्म तीन बर्ष
एनएचपीसी अधिकारीको पदमा कार्यभार
सम्हाले पछि उनि यहाबाट उडीसा
स्थान्तरण भएर गएका थिए भने
उनको अवधीमा एनएचपीसीका तीनवटा
टिस्टा जलबिधुत परियोजनाहरु
सफलतापूर्वकको साथ कार्य
सम्पन्न भएकोले आज फेरी एस.खटुवा
टिस्टाजलबिधुत परियोजना चरण
चारका मुख्यअभियन्त प्रभारी
पदभार सम्हाल्न आएका छन | उनले
आज आफ्नो कार्यालयमा पदभार
सम्हाल्न साथ टिस्टा जलबिधुत
परियोजना चरण चारको पनि परिभ्रमण
गर्दै यस बिधुत परियोजनाको
कार्य पनि द्रुत गतिमा अघि
बढाउने एक भेटमा पत्रकारहरुलाई
बताए |
राजमार्ग स्थीत कालीझोड़ा टिस्टा जलबिधुत परियोजना चरण चारको भार आज देखि मुख्य अभियन्त प्रभारी सदेव खटुवाले सम्हालेका छन |