राष्ट्रिय राजमार्ग ३१ए अनि
टिस्टा क्षेत्रमा भएको बालिकासंगको
दुष्कर्मको लोहापुल सुन्तले
नबिन ग्राम सुधार समितिले घोर
भत्स्रना जनाएको छ | राष्ट्रिय
राजमार्ग ३१ए मा बाराम्बार
घटिरहेको दुष्कर्म काण्डले
स्थानीय मानिसहरुमा चिन्ताको
बिषय नै बनेको छ | यसरी आज उक्त
दुष्कर्म काण्डको बिरोध गर्दै
लोहापुल नबिन ग्राम सुधार समितिको
एक सभा दलबहादुर गुरुङको अध्यक्षतामा
सम्पन्न भयो | बिगतमा राजमार्ग
भएको दुष्कर्म काण्डले गाउँ
समाज वरिपरिका छात्राहरु एकदमै
असुरक्षित रहेको महसुश गर्दै
त्यस दिनको घटनालाई मध्य नजर
राख्दै आगमी दिनमा अभिभावकगण
साथै नानीहरुले पनि सावधानी
अपनाउन जरुरी रहेको कुरो सभा
चर्चा गरियो | बिशेष त्यस दिन
घटेको अप्रिय घटनालाई कसैले
पनि राजनैतिक दृष्टिकोणले
नहेरेर यस्ता घटना फेरी फेरी
हुन् नदिन सबै एक जुट भइ सचेत
हुन् आवश्यक रहेको बताउदै उक्त
काण्डका दोषीहरुलाई प्रशासनले
सशक्त कानुनी कारवाही गर्न
पर्ने कुरो सभापति दलबहादुर
गुरुङले जनाए | उक्त घटनाको बिरोध
गर्दै यस हप्ता भित्र राजमार्ग
३१एमा लोहापुल,सुन्तले,बिरिक.रोङचोङ
अनि भजने बस्तीका स्थानीय जनता
साथै क्षेत्रीय स्कुलका छात्र
छात्रा अनि शिक्षक शिक्षिका
एक रयाली निकाल्ने भएको छ | यसरी
यस क्षेत्रमा फेरी फेरी यस्ता
घृणित घटना हुन् नदिन प्रसासनले
पनि नारीहरुको सुरक्षा गर्न
पर्ने अनि दोषीहरु बिरुद्द
पुलिस प्रसासनले कडा भन्दा
कडा सजाय दिन पर्ने मांग गर्दै
त्यस दिन स्थानीय पुलिस चौकीमा
नबीन ग्राम सुधार समितिले एक
ज्ञापन चडाउने जानकारी समितिका
सचिव राम कुमार मिश्रले दिएका
छन |
