मङपु२५अप्रेल(केशर
मोक्तान): टिस्टा जलबिधुत परियोजना
चरण तीन एनएचपीसीले यस क्षेत्रमा
जलबिधुत परियोजना निर्माण
संगै बिभिन्न प्रकारको सामाजिक
विकासमुलक कार्यहरु पनि गर्दै
आइरहेका छन | यस क्षेत्रका विधार्थीहरुलाई
कम्प्युटर शिक्षा प्रदान गर्न
नै जलबिधुत परियोजना वरिपरिका
बिधालयहरुलाई एनएचपीसीद्वारा
कम्प्युटर प्रदान गर्दै आइरहेका
छन | यसरी एनएचपीसी टिस्टा जलबिधुत
परियोजना चरण तीनका मुख्य अभियन्त
प्रभारी एस.अधिकारीको बाहुलीबाट
स्थानीय मङपु स्थीत लाब्दा
सी.पी. एमएसके स्कूललाई आज
दुईवटा कम्प्युटर साथै दुईवटा
वाटर फिल्टर विधालयका प्रधान अध्यापक
रतन छेत्रीलाई प्रदान गरियो | उक्त
स्कूलमा अध्यनरत चारजना बिध्यार्थी
क्रमैले फुर्मित लेप्चा सातौं
श्रेणी,अबिसिका तामांङ आठौ
श्रेणी,डुपछीरीङ लेप्चा आठौं
श्रेणी,अनि सांगडुप तामांङ
सातौं श्रेणी लाई पनि एनएचपीसीको
पक्षबाट ८ हजार गरेर ३२ हजार
रुपियाँ छात्रवृति प्रदान
गरियो | एनएचपीसीबाट बिधालयलाई
उक्त सहुलियत पाउनमा सहयोग
पुराउने मङपु सर्कलका एस.आई.
अनि एनएचपीसी अधिकारीवर्ग
प्रति बिध्यालय परिवारले आभार
व्यक्त गरेका छन भन्ने जानकारी
लाब्दा सीपी एमएसके.का प्रधान
अध्यापक रतन छेत्रीले दिएका
छन | एनएचपीसीको पक्षबाट हालसम्म
मङपु वरिपरीका बिधालय,रम्बी
बजार हाई स्कुल, टिस्टा हाई
स्कुललाई पनि उक्त सहुलियतहरु
प्रदान गरिसकेको जानकारी एनएचपीसी
अधिकारी कौसिक दासले दिएका
छन |
