मङपु१६मई(केशर मोक्तान) दार्जीलिंङ लोकसभा केन्द्रबाट
फेरी दोस्रो पल्ट गोजमुमो समर्थित
भाजपा प्राथी एस.एस.आह्लुवालियाले
बहुमतले विजय हासिल गरे
पछि आज मोर्चा समर्थकहरुले
हर्षोल्लासको साथ विजय उत्सव
पालन गरे | दार्जीलिंङ लोकसभा
केन्द्रबाट भाजपा प्राथी एसएस
आहुलुवालियाको विजय घोषणा
भएको सुन्न साथ मङपुमा मोर्चा
समर्थकहरुले पटेका पडकाएर "जीतेको जीतेकै मोर्चाले हार्नु
त कहिले जान्दैन” भन्ने गीतमा
नाँचगान गर्दै एकअर्कामा रंग
दलेर विजय उत्सव पालन गरे | यसपल्ट
पनि जाति र मुद्दाको निम्ति
गोजमुमोद्वारा समर्थित भाजपा
प्राथी एसएस.अह्लुवालियालाई
समष्टिका जनता एवं मोर्चा समर्थकहरुले सचेत मत दिएर बिजय तुलाएकोमा
जीटीए लाब्दा मङपु समष्टिका
सभासद रतन थापाले सबैसबै समष्टिका
जनतालाई आभार व्यक्त गर्दै
शुभकामना व्यक्त गरेका छन |