मङपु९मई(केशर मोक्तान): बिश्व कबि रबीन्द्रनाथ ठाकुरले
चार पल्ट बास गरेको भुमि मङपुमा
कबि गुरुको १५३ वा जन्म जयन्ती
सामान्य
रुपमा पालन गरियो | आईएनसीए दार्जीलिंङको
तत्वधानमा सम्पन्न भएको कार्यक्रमको
शुरुमा दार्जीलिंङ महकुमा
अधिकारी सवरा मण्डल अनि तक्दा
खण्ड बिकाश अधिकारी कलोल रोई
सूचना एवं संस्कृतिक बिभाग
अधिकारी भानुकान्ता घिसिंङ
साथै पासांग दोर्जे बल अनि
मङपु थाना प्रभारी गौतम मलिकको
बाहुलीबाट कविको प्रतिमामा
माल्यार्पण साथै दीप प्रज्वलन
गरियो | यसरी कविलाई स्मरण गर्दै
कोलकोता अनि सिलगड़ीबाट आएका
कलाकारले रबीन्द्र संगीत प्रस्तुत
गरे | स्थानीय गायक पदम बराईली,अनि
तब्ला वादक अक्बर राईले पनि
रबीन्द्र संगीत प्रस्तुत
गरेर सबैलाई मन्त्र मुग्ध पारे | अर्कोतिर
स्थानीय रबीन्द्रनाथ संग्रहलायका केयर टेकेर शिशिर रावतले पनि कवि गुरुलाई स्मरण गर्दै कबि
गुरुको प्रतिमामा पुष्प अर्पण
गरे | यस पल्ट चुनाव आयोगको कोड
अफ कण्डक लागेको कारण नै सामान्य
रुपमा रबीन्द्र जयन्ती पालन
गरिएको जानकारी सूचना एवं संस्कृतिक
बिभाग दार्जीलिंङका अधिकारी
पी.डी. बलले दिए |