हिज स्थानीय एनएचपीसी डिसपेन्सरीमा
लाइन्स क्लब अनि एनएचपीसीको
सयुक्त तत्वधानमा निशुल्क आँखा
जाच शिबिर सम्पन्न भयो | उक्त
शिबिरको उद्घाटन एनएचपीसी
मुख्य अभियन्त प्रभारी एस.
अधिकारीको बाहुलीबाट गरियो |
टिस्टा जलबिधुत परियोजना चरण
तीन एनएचपीसी सीएसआर बिभागको
आयोजनामा सम्पन्न भएको निशुल्क
आखा जाच शिविरमा १४८ जना बिरामीहरुले आँखा जाच गराए | यसरी उक्त शिविरमा
जाच गरिएको रोगीहरु मध्ये २०
जनाको आखामा मोतीबिन्दु भएको
हुनाले ती रोगीहरुलाई एनएचपीसीको
पक्षबाट सिलगडी ग्रेटर लाइन्स
अस्पतालमा लगेर निशुल्क रुपमा
आखाको अप्रेसन गरिने भएको छ | उक्त
बिरामीहरुलाई एक महिना सम्मको
औषधी अनि अस्पताल लेल्याउन अनि
लैजान खर्च एनएचपीसीले
दिने जानकारी एनएचपीसीका
पीआरओ कौशिक दासले दिएका छन |