स्थानीय रङबी विभाग सार्बजनिक भवनमा गोर्खा जनमुक्ति युवा मोर्चा लाब्दा मङपु समष्टिको सभा दयानन्द राईको अध्यक्षतामा सम्पन्न भयो | सभामा लाब्दा मङपु समष्टि युवा मोर्चा गठन गरियो | जसमा को - अडिनेटर दयानन्द राई,सभापति विकास गुरुङ,उपसभापति शेखर मोक्तान,मुकेश थापा,सचिव विज्ञान मिश्र,सहसचिव सागर लामा,बिवेश थापा अनि विवश मंगरलाई चयन गरियो भने अन्यलाई कार्यकारिणी सद्श्यको रुपमा चयन गरियो | सभालाई सम्बोधन गर्दै क्षेत्रीय सभासद रतन थापाले गोजामुमो केन्द्रीय समितिको आदेश अनुसार नै यसरी समष्टी स्तरीय युवा मोर्चा समिति गठन गरिएको बताउदै आज सम्म सबै संगठित भएर अघि बढेको कारण नै आज हाम्रो संगठन बाचेको छ र यसलाई अझ संगठित बनाउनको निम्ति नै युवा मोर्चा समष्टि स्तरीय समिति गठन गरिएको जनाए | सभामा सभासद संजय थुलुङले हामीले आपसी गुनासोहरुलाई भुलेर मुल रुपमा संगठनलाई अघि बढाउनको निम्ति लागि पर्न पर्छ भन्ने युवाहरुलाई सुझाव राखे | उनले आन्दोलन गर्न कहिले पनि सहज नहुने तर यसलाई क्रम बद्द् रुपमा अगि बडाउन पर्ने सुझाव राख्दै युवा मोर्चाले जीटीएको कहिले समर्थन गरेन तर यो स्थायी समाधन नभएर यो एउटा विसाउनी मात्रै हो र गोजायुमोले अब बौद्धिक रुपमा गोर्खाल्याण्ड आन्दोलनलाई अघि बढाउने छ भनि जनाए | आज गठन भएका युवा मोर्चा समितिले अब प्रत्येक युवावर्गमा गोर्खाल्याण्ड शब्दलाई बिजारोपण गर्न सक्नपर्छ अनि गोर्खाल्याण्ड आन्दोलनको निम्ति तयार रहन पर्ने सुझाव पनि राखे |

Post a Comment
We love to hear from you! What's on your mind?