“सम्पूर्ण बित्य स्म्बेसन
प्रधानमन्त्री जनधन योजना”
(Pradhan mantri jan dhan yozna) अनुरुप प्रत्येक परिवारमा
दुई जना सद्श्यको ब्यांकको
खाता खोलिनु पर्ने प्रधानमन्त्री
नरेन्द्र मोदीले गत 15 अगष्टको
दिन घोषणा गरेका थिए भने
उक्त योजना अनुरुप प्रधान मन्त्री
“जनधन योजना” सम्पूर्ण सरकारी
ब्यांकहरुमा लागु भइरहेको छ | यसै
सरकारी योजना अन्तर्गत आज उतरबंग
क्षेत्र ग्रामीण ब्यांक (Uttarbanga Kshetriya Gramin Bank) मङपुमा
पनि “प्रधानमन्त्री जनधन योजना”
अन्तर्गत आज १०० भन्दा अधिक
जनसाधारणहरुले खाता खुलाए | केवल
आधार कार्ड अनि ३वटा पासपोर्ट
द्वारा मात्र यस ग्रामीण ब्यांकबाट
आज मानिसहरुले खाता खोल्न
सक्षम बनेको देखियो | आज उक्त
योजना अन्तर्गत ब्यांक खाता
खोलाउने व्यक्तिहरुले एक
लाख सम्मको दुर्घटना बिमा
पाउने छन भने खाता संगै “रुपियाँ”
नामक एटीएम पनि प्राप्त गर्न
सक्ने छन साथै यस ब्यांक खाता
मार्फत सम्पूर्ण भारत भरिका
बिभिन्न ब्यांकहरुमा रुपिया
लेन - देन गर्न सकिने जानकारी
ब्यांक कृतपक्षले दिएका
छन | आज सम्म कुनै पनि ब्यांकमा
खाता नखोलेकाहरुले मात्र उक्त
योजनाको लाभ उठाउनु सक्ने जानकारी
ब्यांक ब्यस्थापकले दिएका
छन | प्रधानमन्त्री जनधन योजना
अन्तर्गत आज मङपु ग्रामीण ब्यांकमा
खाता खुलाउने १००भन्दा अधिक
मानिसहरुलाई मङपु ग्रामीण
ब्यांकका व्यवस्थापक तिलकबहादुर
छेत्री,लगायत ब्यांक कर्मचारी
संजय दास अनि निर्मल राणाको
बाहुलीबाट ब्यांक खाता बितवरण
गरियो |

Post a Comment
We love to hear from you! What's on your mind?