मङपु युथ बोईज क्लबको तत्वाधान
सम्पन्न भएको गोल्डकप फुटबल
टुर्नामेन्ट आज तेस्रो दिनको
खेल गोर्खा टेरोटीएल ११जीआर
टीए० बनाम एसएपी सिलगडी माझ सम्पन्न
भयो | आजको खेल एकदमै रोमान्चक
बन्यो | खेलको पहिलो हाफमा दुई
द्लले नै गोल गर्ने प्रयास
गरेता पनि कुनै गोल हुन् सकेन | यसरी
खेलको दोश्रो हाफको ५ मिनटमा
नै एसएपी सिलगडीका खेलाडी जर्सी
नम्बर १२ शिल्बानसले बिपक्षीको
गोलपोस्टमा आकर्षक गोल दागन
सफल रहे भने उक्त गोल नै आजको
खेलको निर्णायक गोल बन्न पुग्यो | खेलको
९० मिनटमा सम्म गोल सुलाउने
थुप्रै प्रयास गरेता पनि ११जीआरले गोल गर्न असफल
रहेको देखियो जसको कारण ० को
विरुद्दमा १ गोल गरि एसएपी
सिलगडीले मङपु गोल्डकप २०१४ को
अन्तिम आठमा पुग्न सफल भएको
छ | यस्तै गरि आगामी २६ सेप्टेम्बरको २०१४ को
दिन समय २ बजे जीजेएससी दार्जीलिंङ
बनाम एफसी प्लाजा बोईज गोरुबथान
माझ भीडन्त हुनेछ, उक्त खेल
हेर्नको निम्ति आयोजक समिति
मङपु युथ बोईज क्लब सम्पूर्ण
खेलप्रेमी दर्शकवर्गलाई हार्दिक
स्वागत गर्दछ |
एसएपी ब्रिगेड सिलगडी क्वाटर फाईनलमा
23Sep2014
Post a Comment