क्वाटर फाइनलमा मेची
एफसी नेपाललाई धुलो चटाएर सेमीफाइनल
उक्लेको साई सिलिगुडीको एफसी
प्लाजा बोइस गोरुबथानलाई क्वाटर
फाइनलमा जितेर आउने सिनाल्चु
नाम्ची सिक्किमसित आज घमासान
सेमीफाइनल खेल सम्पन्न भयो
| उपस्थित हजारौ दर्शक र फ्यानहरुले
आ – आफ्नो दललाई शरु देखि नै
हौसला दिएर उस्काइरहेका थिए
भने फाइनल म्याच खेल्ने होडमा
दुवै दलले एक – अर्काको गोल
पोस्टमा लगातार आक्रमण गरेपनि
प्राय: प्रयास व्यर्थ गएको
थियो | सिनाल्चु नाम्ची सिक्किमले
३ जना नाइजेरियन खेलाडीहरुलाई
मैदानमा उतारेर साई सिलिगुडीको
धुलो काड्ने प्रयास गरेपनि
सारा मेह्नत पानीमा मिलाइदिए
साई सिलिगुडीका छरिता खेलाडीहरुले
|
यसरी प्रतिद्वन्दीको
गोलपोस्टमा आक्रमण गरेर दुवै
दलले गोल किपरलाई तर्साउनसम्म
तर्साए पनि ४५ – ४५ मिनटको पूर्वार्ध
र उतरार्धको खेलमा कसैले पनि
बिपक्षीको गोलपोस्टको नेट
हल्लाउन भने कामयाब रहेन | दुई
दल बिचको घमासान भिडन्तमा आज
साई सिलिगुडीको २ र सिनाल्चु
सिक्किमको १० नम्बर खेलाडीले
पहेलो कार्ड समेत आए |
शुरु देखिकै रोमान्चक
खेलको निर्धारित समय भित्र
पनि हार जीत नहुँदा निर्णायकले
५ – ५ मिनटको अतिरिक्त समयको
खेल संचालन गरेका थिए भने त्यसमा
पनि चुडान्त निर्णय नहुँदा
फेरि ५ – ५ पेनल्टी हनाएर खेल
अन्त गर्ने चेष्टा गरेका थिए
| दुवै दल शु – संगठित भएर आएकोले
यसमा पनि कुनै निर्णय हुन सकेन
र निर्णायकले फेरि १ – १ पेनल्टी
हनाएर निर्णय दिनुपर्ने स्थिति
आएको थियो | यसरी आज साई सिलिगुडीले
पेनल्टीमा हराएर सुनाल्चु
सिक्किमलाई मंग्पू गोल्ड कप
२०१४ विदा लिन बाद्य बनाए |
अब आउँदो २८ अक्टोबरको
दिन साई सिलिगुडीको बिर्तामोड
एफसी नेपालसित फाइनल खेलमा
भिडन्त हुने आयोजकको पक्षमा
मन्जय गुरुङले जानकारी दिएका
छन् |

Post a Comment
We love to hear from you! What's on your mind?