मंग्पू रविन्द्र
भवनमा सम्पन्न भएको तामांग
बिकाश बोर्डको सभाबाट बिकाश
बोर्ड अध्यक्ष संजय मोक्तानले
तामांग बिकाश बोर्ड माथि संयोग
तामांगले लगाएको आरोप निराधार
र झूटो रहेको बताएका छन् |
जोनी मोक्तानले
संचालन गरेको सभामा विशिष्ट
अतिथि संजय मोक्तानको बाहुलीबाट
छिमी बत्ती बाली शुरु भएको
सभामा बोर्ड अध्यक्ष संजय मोक्तानले
अखिल भारतीय तामांग बौद्ध संघ
मंग्पूका वृद – वृदा प्रतिनिधिहरुलाई
खादा अर्पण गर्दै सम्मान जनाएका
थिए भने यही मन्चबाट उनले केही
दिन अघि तामांग बिकाश बोर्ड
सदश्य संयोग तामांगले बिकाश
बोर्डमाथि लगाएको आरोपलाई
खण्डन गर्दै झूटो साथै निराधार
रहेको बताउँदै बिकाश बोर्डमा
रहेको ५ करोड रुपियाँ बिकाश
बोर्डकै सर्व सम्मतिमामा ९०
दिनको निम्ति इन्डियन न्याशनल
ब्यांकमा राखिएको स्पष्ट पारेका
छन् |
यसै क्रममा
अध्यक्ष मोक्तानले तामंग बिकाश
बोर्डभित्र ५०० वटा घर बनाउने
योजना रहेको र यसमा १०० वटा
डुवर्समा अनि बाँकी ४०० वटा
पहाडमा बनिने कुरोको पनि जानकारी
दिएका छन् | उनले अझ बताएका छन्
कि हामी यसरी आफ्नै जात – जातमा
झगडा गर्न, आरोप लगाउन छोडेर
एक हुनपर्ने समय आएको छ | २००२
सालमा अखिल भारतीय तामांग बौद्ध
संघकै प्रयासमा तामांगले जनजातीको
मान्यता पाएको भएपनि सरकार
अहिलेसम्म कतिपय सहुलियतहरु
पाउन सकिरहेको छैन र यसलाई
सबै एक हुँदै तामांग बिकाश
बोर्डकै माध्यम भएर खोजी
निकाल्नु पर्ने समय आएको सबैलाई
जानकारी साथै सुझाउ दिएका छन्
|
बक्तव्यको
क्रममा उनले मंग्पूमा एउटा
तामांग हेरिटेज बनाउने योजना
रहेको पनि खुलाशा गरेका छन्
| हेल्थ एक्ट अनुसार तामांग
महिलाहरुलाई समेटेर १०० जनाको
को – ओपरेटिभ सोसाइटी बनाएर
गाउँ – गाउँमा काम लगाइदिन
सरकारसंग माग गर्ने पनि तिनले
जनाएका छन् |
आज सम्पन्न
भएको तामांग बिकाश बोर्डको
सभामा तामांग बिकाश बोर्ड मंग्पूको
सचिव प्रेम प्रसाद तामांगले
स्वागत भाषण राखेका थिए भने
सभाको सभापति मुन्ना पाख्रीनले
बिकाश बोर्ड मंग्पूको पक्षबाट
अध्यक्ष संजय मोक्तानलाई छिमी
बत्ती, खदा अर्पण साथै सम्मान
पत्र पनि हस्तान्तरण गरेका
थिए | सभा अवधि बेनु बोम्जनले
मिठो तामांग गीतहरु प्रस्तुत
गर्दै उपस्थित भीडलाई मन्त्र
मुग्ध बनाएका थिए भने मंग्पूका
तामांग बिकाश बोर्डका साखाहरुले
तामांग नृत्य पनि प्रस्तुत
गरे | सभामा तामंग बिकाश बोर्डका
केन्द्रीय साथै महकुमा समितिका
सदश्यहरुको पनि बिशेष उपस्थिति
रहेको थियो र सभालाई उपेन्द्र
लामाले धन्यबाद ज्ञापन गर्दै
अन्त गराएका थिए |

Post a Comment
We love to hear from you! What's on your mind?