मङपु बोयस
युथ क्लबको आयोजनामा २१ सेप्टेम्बर
देखि सम्पन्न भइरहेको मंग्पू
गोल्ड कप २०१४ को आज अन्तिम
फाइनल खेल भब्य भीड माझ सम्पन्न
भयो | एक लाख रुपियाँ नगद राशी
संगै ट्रफी पुरस्कार राखिएको
खेलमा नेपाल सिक्किम लगायत
बङ्गालका विभिन्न फूटबल टोलीहरुले
अंश ग्रहण गरेका थिए | यसरी आज
मङपु जन मैदानमा सम्पन्न भएको
गोल्ड कप २०१४ सहित एक लाख रुपियाँ
नगद राशी नेपालको झोलीमा गएको
छ | आजको फाइनल खेलमा बिर्तामोड
एफसी नेपालले साई सिलिगुडीलाई
१ गोलको विरुद्ध २ गोल गरि विजय
हासिल गरेको छ | खुबै रोमान्चक
खेलको आनन्द उठाउंदै हजारौं
दर्शकहरुले आ – आफ्नो दलहरुलाई
ताली – सुसिला मार्दै प्रोत्साहन
दिईरहेका थिए भने पूर्वार्धको
खेलको २० मिनट नबित्दै बिर्तामोड
एफसीका खेलाडी जर्सी नम्बर
तीन दिलेन लोक्तामले विपक्षीको
नेटमा आकर्षक गोल गरेर आफ्नो
दललाई जीतको दिशातिर मोडेका
थिए भने लगत्तै ३० मिनट भित्रमा
फेरी बिर्तामोडकै खेलाडी बिशाल
राई जर्सी नम्बर १० ले अर्को
आकर्षक गोल गरेर आफ्नो दललाई
प्राय: जीतको संघारमा पुराएका
थिए |
अघिल्लो
खेलहरुमा असल प्रदर्शन दिंदै
दर्शकहरुको मन जीत्न सफल बनेको
साई सिलिगुडीले गोल सुलाउने
लाखौं प्रयास गरेपनि बिर्तामोडको
गोल पोस्टमा गोल गर्न फलामको
चिउरा चपाउन बराबर बनाईदिएका
थिए भने उत्तरार्ध खेलको
२० मिनट बित्दा साई सिलिगुडीको
पक्षमा जर्सी नम्बर ६ सायन
सरकारले एक गोल गरेपछि खेल
अझ रोमान्चक मोडमा पुराइदिएका
थिए | एक गोल सुलाउन सक्षम बनेका
साई सिलिगुडीका खेलाडीहरुले
अर्को गोल पनि सुलाउने होडमा
खेलको अन्तिम क्षणसम्मनै उत्कृष्ट
प्रदर्शन दिएर हजारौं दर्शकहरुको
मन जित्दै विपक्षीको नेटमा
धेरै चोटि आक्रमण गरेर बिर्तामोड
एफसीको गोल किपरलाई तर्साउनसम्म
तर्साए पनि निर्धारित समयभित्र
पनि सुलाउने गोल गर्न नसक्दा
बिर्तामोड एफसी नेपालले मंग्पू
गोल्ड कप २०१४ हत्याउन सक्षम
बनेका थिए |
आजको फाइनल
खेलमा उत्कृष्ट प्रदर्शन दिएर
बिर्तामोड एफसी नेपालको बिशाल
राईले “बेस्ट प्लेयर “ को उपाधि
हत्याएन सफल भए भने उसै दलको
गोल किपर दिनेश थापाले आफ्नो
हातमा धेरै समय सम्म गोली राखे
वापद उनलाई आजको निर्णायकले
पहेंलो कार्ड देखाएका थिए |
यसरी आजको खेलमा “ फेयर प्ले
“ को उपाधि साई सिलिगुडीका
खेलाडी दिपचन्द राकाले प्राप्त
गरे |
खेलको मध्यान्तरमा
शारदा हाई स्कूलका ब्याकपाइपर
ब्याण्डले ब्याण्ड डिस्प्ले
गरे भने सरस्वती उच्चतर विधालयका
अनि अन्य नानीहरुले नृत्य प्रस्तुत
गरेर उपस्थित दर्शक लगायत मंचमा
आसिन अतिथिहरुलाई मनोरंजन
दिलाएका थिए |
भूतपूर्व
खलाडी केएम राईको अध्यक्षतामा
सम्पन्न भएको खेलमा बिजयी प्रतियोगीहरुलाई
कार्यक्रमका प्रमूख अतिथि
जीटीए कार्यकारिणी सभासद बिनय
तामांगको बाहुलीबाट ट्रफी
सहित एक लाख रुपियाँको चेक
प्रदान गरेका थिए भने पराजय
दललाई क्षेत्रीय सभासद रतन
थापाको बाहुलीबाट रनर्स ट्रफी
अनि रु० ५०,००० को चेक प्रदान
गरेका थिए | राम पोख्रेल द्वारा
संचालित कार्यक्रममा बेस्ट
प्लेयर बिशाल राईलाई जीटीए
कार्यकारिणी सभासद अनित थापाको
बहुलीबाट अनि फेयर प्लेयरलाई
जीटीए सभासद संजय थुलुंगको
बाहुलीबाट ट्रफी हस्तान्तरण
गरिएको थियो भने आजको खेल संचालन
गर्नमा प्रत्यक्ष अनि परोक्ष
सहयोग पुराउने सबै व्यक्ति
– बिशेष, संघ – संस्था लगायत
उपस्थित खेलप्रेमी सबै दर्शकवर्गलाई
आयोजकको पक्षमा मन्जय गुरुङले
धन्यबाद जनाएका छन् |

Post a Comment
We love to hear from you! What's on your mind?