सिन्कोना जनमुक्ति कर्मचारी संगठनको पुनर्गठन

Janmukti Karmachari Sangathan Cinchona Zone
स्थानीय सिन्कोना बिश्राम गृहमा जनमुक्ति कर्मचारी समितिको एक अति महत्वपूर्ण सभा चन्द्रप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न भयो | सभामा पुरानो समितिलाई बिगठन गरि नयाँ जनमुक्ति कर्मचारी संगठन  गठन गरियो जसमा कार्यकारिणी सदश्य/सदस्या निम्न प्रकारले चयन गरिएको छ : 
सभापति चन्द्रप्रकाश शर्मा,उपसभापति हेमन्त कुमार छेत्री अनि एन.के जैसी,मुल सचिव प्रेम शेर्पा,सहसचिव बिष्णु खरेल,हर्कलाल लकान्द्री,दिलीप कुमार राई,कोषाध्यक्ष पासांङ तामांङ लेखापरीक्षक अशोक लेप्चा अनि मिंङमा भुटिया,लगायत १२ जना कार्यकारिणी सदश्य चयन गरियो | सभामा मोर्चा मङपु जोन सचिव रतन लामाले सिन्कोना बगान पूर्णउत्थानमा कर्मचारीवर्गले ठुलो भूमिका निभाउनु पर्ने र भ्रस्टाचार लिप्त नभएर,भ्रस्टाचार मुक्त सिन्कोना  बगान बनाउनु पर्ने बताउदै सचिव लामाले जकसले सजक र सबल भएर सिन्कोना उध्योग पूर्णउत्थान निम्ति अग्रसर रहनपर्ने सुझाव राखे | सिन्कोना उध्योग पेन्सन जो १० बर्ष नपुगेकाहरू छन त्यसलाई पूर्णबहाली गरिनु पर्ने कुरामा जोड दिए भने कतिपय बगानका शिक्षित ग्रेजुएट श्रमिक भाईबहिनीहरुलाई रिक्त स्थानमा मौका दिईनु पर्ने कुरा माथि जोड़ दिए | यसरी संगठनका मूलसचिव प्रेम शेर्पाले सभालाई सम्बोधन गर्दै आफ्नो कार्यकाल अवधि १० बर्ष नपुगेका कर्मचारीवर्गको स्टाफ पेन्सन सम्बन्धित समस्यालाई जुन अधिकारीवर्गले अवहेलना गरेका छनं त्यसको झट्टै निराकरण  गरिनु पर्ने बिषयमा जकस लागिपर्ने नभए बृहत आन्दोलनमा उत्रिने अथवा न्यायलयको ढोका पनि ढकढकाउन बाध्य हुन् नपरोस भन्ने प्रस्ताव सभामा राखे भने सचिवको उक्त बक्तब्य माथि उपस्थित सबैले सहमहत जनाएकोछ |

स्थानीय सिन्कोना बिश्राम गृहमा जनमुक्ति कर्मचारी समितिको एक अति महत्वपूर्ण सभा चन्द्रप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न भयो | सभामा पुरानो समितिलाई बिगठन गरि नयाँ जनमुक्ति कर्मचारी संगठन गठन गरियो जसमा कार्यकारिणी सदश्य/सदस्या निम्न प्रकारले चयन गरिएको छ :

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.