सप्त्व्यापी संगीतमय श्रीमद भागवत महापुराण एवं ज्ञानयज्ञ शुरु

Shrimad Bhagvat Mahapuran
बिगत बर्ष झैँ यस बर्ष पनि स्थानीय सार्वजनिक शिव मन्दिर रेसेप बजारमा २१  देखि २७ मार्च सम्म सात दिवसीय संगीतमय श्रीमदभागवत महापुराण एवं ज्ञानयज्ञ शुरु भएको छ | आज बिहान ९ बजे देखि मण्डप पुजनको साथ साथमा कलश यात्रा सम्पन्न भयो | उक्त कलश यात्रा रेसेप बजार देखि निर्मला चोक अनि  नालीडाड़ा हुदै पुजा स्थालमा पुगी समापन गरियो | यसरी  २२ मार्च देखि २६ मार्च सम्म बिहान  ६ बजे देखि ९ बजे सम्म प्रातकालीन पुजा अनि आरती साथै  १२  बजे देखि ३  बजे सम्म कथा वाचन अनि साँझ ७ बजे देखि ९ बजे सम्म भक्ति संगीत अनि प्रवचन सम्पन्न हुनेछ | उक्त धार्मिक अनुष्ठानमा ब्यास प.गणेश प्रसाद घिमिरेद्वारा कथा वाचन प्रस्तुत गरिनेछ भने सात दिवशीय पुजामा रेसेप बजार सार्बजनिक पुजा आयोजक समिति सबैलाई स्वागत गर्दछ |

बिगत बर्ष झैँ यस बर्ष पनि स्थानीय सार्वजनिक शिव मन्दिर रेसेप बजारमा २१ देखि २७ मार्च सम्म सात दिवसीय संगीतमय श्रीमदभागवत महापुराण एवं ज्ञानयज्ञ शुरु भएको छ

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.