लाब्दा एमएसकेमा स्वास्थ्य सचेतना शिवीर सम्पन्न

Dr. Supratim Ghos at labdah msk
केशर मोक्तान: मङपु सर्कल अन्तर्गत लाब्दा सीपी एमएसके भवनमा रङली रङलीयट तक्दाह ब्लक स्वास्थ्य केन्द्रद्वारा लाब्दा माध्यमिक शिक्षा केन्द्र,ग्राम सेवक प्राथमिक पाठशाला एव लाब्दा सीपी प्राथामिक पाठशालाका बिधार्थी नानीहरुलाई लिएर एक स्वास्थ्य सचेतना शिबिर सम्पन्न भयो |  केन्द्र अनि राज्य सरकारद्वारा प्रायोजित राष्टिय स्वास्थ्य सचेतना शिविरमा तक्दाह स्वास्थ्य केन्द्र प्रमुख डा.सुप्रतिम घोष अनि सहायिका फार्सिष्ट करुणा योन्जन उपस्थित रहेका थिए | प्रथमत कार्यक्रमको मुख्य उदेश्य बारे बोल्दै डा.घोषले गाउँ बस्तीका नानीहरुको उचित स्वास्थ्य जाच समयमा नहुनको कारण निकट भविष्यमा हुने स्वास्थ्य सम्बन्धि विभिन्न घटक परिणाम बारे बताउदै यदि समयमा नै आमा बाबुले नानीहरुको स्वास्थ्य जाच जस्तै हृदय (हार्ट) मुख खोड़े(क्लेट प्यालेट) मानसिक दुर्बलता एवं शारिरिक अक्षमता अनि डिप्रेसन बारे सचेत भई सठीक उपचार गराउन सके  यी समस्याहरुबाट सजिलै मुक्त  हुन सकिने कुरोमा बिश्वाश व्यक्त गरे | यसको निम्ति सरकारले हिर्दय अप्रेशन खर्च साथै हातखुट्टा विकृत अप्रेसनको निम्ति डा.च्यांङ सिलगडी  अनि अन्य स्वास्थ्य सम्बन्धि उपचारको निम्ति नर्थबंगाल मेडिकल कलेज सिलगडीमा निशुल्क व्यवस्था मिलाएको जानकारी स्वास्थ्य जाच टोलीले उपस्थित शिक्षक शिक्षिकागण अभिभावकवर्ग अनि बिधार्थीवर्गलाई दिए | गत बुधबार विधालय परिसरमा सम्पन्न भएको उक्त स्वास्थ्य जाच शिविरमा २५० जना छात्रछात्रावर्गले आआफ्नो स्वास्थ्य जाच गराए |

मङपु सर्कल अन्तर्गत लाब्दा सीपी एमएसके भवनमा रङली रङलीयट तक्दाह ब्लक स्वास्थ्य केन्द्रद्वारा लाब्दा माध्यमिक शिक्षा केन्द्र,ग्राम सेवक प्राथमिक पाठशाला एव लाब्दा सीपी प्राथामिक पाठशालाका बिधार्थी नानीहरुलाई लिएर एक स्वास्थ्य सचेतना शिबिर सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.