मङपु २ अक्टुबर(केशर मोक्तान): गान्धी जयन्तीको शुभ अवसरमा शान्ती सदभावना एवं मैत्रीपूर्ण एकतालाई कायम राख्न निर्देशालय सिन्कोना एवं अन्य औषधीय पौधाहरु अधिनस्थ कार्यलयहरु माझको एकदिने फुटबल खेल ( Inter DCOMP's Football Tournament 2015, Mungpoo ) आज मङपु जनमैदानमा सिन्कोना बगानमा व्यवस्थापक बिदुर कार्कीको अध्यक्षतामा सम्पन्न भयो | समारोहका प्रमुख अतिथि बगान निर्देशक डा.सामुएल राई अनि उनकै धर्मपत्नी अनीता राई, साथै विशिष्ट अतिथि मङपु सिन्कोना बगान व्यवस्थापक एन.के.बराईलीको बाहुलीबाट राष्ट्रीय पिता महात्मा गान्धीको तस्बीरमा दीप प्रज्वलन अनि माल्यार्पण गरियो | आज एक दिवाशीय फुटबल खेलमा रेसेप विभाग,मङपु विभाग,कुलैन कारखाना,डी.सी.ओ.एम.पी.ब्लु,रन्जुभेल्लीविभाग ,लाब्दा विभाग,डी.सी.ओ.एम.पी. यल्लो,मङपु विभाग अनि सिन्कोना बगान व्यवस्थापक कार्यलयका खेलाडीहरु माझ सम्पन्न भयो | आज एक दिवशीय फुटबल खेलको फाईनल खेल सिन्कोना बगान व्यवस्थापक कार्यलय अनि रेसेप विभाग माझ सम्पन्न भयो जसमा ट्राइबेकरमा व्यवस्थापक कार्यलय च्याम्पीयन बन्यो | दीप थापा अर्पणा वाइबा अनि अमृत खड़काले सन्चालन गरेको फुटबल खेलमा सिन्कोना एव अन्य औषधीय पौद्दाका निर्देशक डा.सामुएल राई बगान व्यवस्थापक एन.के.बराईली अनि बिदुर कार्कीको बाहुलीबाट विजय अनि पराजय दललाई पुरस्कार हस्तान्तरण गरियो | खेलको निर्णायकगण भरत पोख्रेल अनि गगन छेत्री रहेका थिए | आजको खेलमा बेष्ट प्ल्येर सतीश तामाङलाई चयन गरियो भने सम्पूर्ण दलका खेलाड़ीहरुलाई आयोजकको पक्षबाट सान्तवना पुरुस्कार प्रदान गरिएको थियो |

Post a Comment
We love to hear from you! What's on your mind?