लप्चु, २ अक्टोबर, निस: यहाँको टाँसी छ्योलिंग बौध गुम्बामा गुम्बा संचालन समिति एवम म्हानिपा संघको संयुक्त तत्वधानमा सम्पूर्ण सदश्यवर्गलाई बौध धर्मको शील, दिक्षा, शिक्षा प्रदान गर्दै भगवान बुद्ध मूल सिधान्त जीवनमा उतार्न हेतु ख्येन रिम्पोछे साङ्गे लोडो द्वारा दिक्षा वाङ प्रदान गरियो |
कार्यक्रममा अखिल भारतीय महायाना बौध म्हानिपा संघ दार्जीलिंग जिल्ला महासचिव आकाश लामाले संघले गरिरहेको बौध धर्म बिकास कार्यक्रम बारे वक्तव्य पेश गर्दै आगमी न्युङने सोजोङको रजत जयन्ती समारोहमा आ – आफ्नो नानीहरु लिएर भेला भइदिने आह्वान गरे |
वक्तव्यको क्रममा जिल्ला एवम केन्द्रीय सल्लाहकार साङ्गे होइसर काल्देन तामांगले बौध धर्म विश्वको सर्वश्रेष्ठ धर्म जेनेभा स्वीजरल्याण्डमा घोषणा भएको जानकारी पेश गर्दै यसमा तामांग जातिको संस्कार – संस्कृति संगै बौध धर्मको ब्यापकता बुझ्ने आह्वान गरे | ख्येन रिम्पोछेको बौध धर्म प्रचार – प्रसार प्रतिको निरन्तर योगदानको मुग्ध कण्ठमा प्रसंसा गरे | उनी हाम्रा रत्न हुन भनी प्रसंसा गरे | अन्य जिल्ला एवम केन्द्रीय प्रतिनिधिहरुमा आचार्य लामा छ्योगेल, जिल्ला संघ सह – सचिव सुरेन पाख्रीन, जिल्ला संघ कोषाध्यक्ष बीओ के० मोक्तान साथै ग्लेनवर्ण, तक्दाह, रंग्ली रंग्लियट, तीन माइल, छ माइल, दार्जीलिंग, लामाहट्टा, पेशोक आदि ठाउँबाट व्यापक बौध धर्म प्रेमीहरुको जमघट थियो | आजको कार्यक्रम बी० एस० डुम्जन, दिपक मोक्तान, सरिता गोले आदिको सक्रिय सहभागितामा सम्पन्न भएको थियो ||

Post a Comment
We love to hear from you! What's on your mind?