मङपु सुमिकल इन्स्टिच्युट
अफ डान्सद्वारा आयोजित रुद्रान्ना
डान्स डाईमेन्सन प्रतियोगिताको
ग्रान्ड फिईनाले आगमी ३० अक्टुबर २०१५ को
दिन स्थानीय मङपु जनमैदानमा
सम्पन्न हुनेछ | पहिलेको कार्यक्रमको
तालिका अनुसार १ नोभेम्बर२०१५ को
दिन ग्रान्ड फाईनलेको मिति
तोकिएता पनि त्यस दिन मङपु
जनमैदानमा गोल्डकप फुटबल क्वाटर
फाईनल रहेको कारण रुद्रान्ना
डान्स डाईमेन्सन प्रतियोगिताको
ग्रान्ड फिईनाले एक दिन अघि
३० अक्टुबर२०१५ को दिन मङपु
जनमैदानमा सम्पन्न हुने जानकारी
आयोजक समितिले दिएको छ | त्यस
ग्रान्ड फाईनलेमा एण्ड.टी.भीद्वरा
प्रसारित द बोईस इण्डिया क्वाटरफाइनलका
प्रतियोगी पासाङ डोमा लामा
अनि जीटीबी डीआईडीका टप फोर
प्रतियोगी अनुष्का छेत्रीले
आफ्नो प्रस्तुती दिने भएको
छ | आगमी ३० अक्टुबर २०१५ को दिन
बेलुकी ३ बजे देखि मङपु जन मैदानमा
रुद्रान्ना डान्सको फिईनाले
सम्पन्न हुने जानकारी मङपु
सुमिकल इन्स्टिच्युटक सयोजक
प्रयास योन्जनले जानकारी दिएका
छन | उक्त ग्रान्ड फिईनालेमा
प्रथम स्थान ओगट्ने प्रतियोगीलाई
३० हजार सहित ट्रफी,दोश्रो
स्थान ओगट्ने प्रतियोगीलाई
१५ हजार ,अनि तेस्रो स्थान ओगट्ने
प्रतियोगीलाई १० हजार साथै
चौथो अनि पाचौ स्थान हुने प्रतियोगीलाई
सान्तवना पुरुस्कार दिने भएको
छ |

Post a Comment
We love to hear from you! What's on your mind?