मंग्पू गोल्ड कप टुर्नामेन्टको आजको म्याच बिर्तामोड एफसी नेपाल (Birtamod FC Nepal) बनाम ३/११ जीआर हिमाचल (3/11 GR Himachal) माझ क्वाटर फाइनलको दोश्रो म्याच खुबै रोचक अनि घमासान रुपले सम्पन्न भयो | अपार भिड अनि समर्थकहरु बिच सम्पन्न भएको आजको म्याचमा शुरुदेखि नै बिर्तामोड नेपालले बारबार विपक्षीको गोल पोस्टमा आक्रमण गरेका थिए भने खेल शुरु भएको ४ मिनट बित्दा बिर्तामोडको खेलाडी जर्सी नम्बर १३ पुष्प लिम्बुको शानदार गोलले खेल झनै रोमान्चक बन्यो | यता जीआरका खेलाडीहरुले पनि सक्दो प्रयास संगै गोल बचाउने कोशिश गरेतापनि ३५ मिनट पछि फेरि बिर्तामोडका खेलाडी जर्सी नम्बर १७ निशान खड्काको शक्तिशाली दोश्रो गोलले नेट हल्लिएपछि नेपालले आफ्नो जीत प्राय: निश्चित गरिसकेका थिए | यसरी नै हाफ टाइम पछिको खेलमा जीआरले राम्रो प्रदर्शनी दिंदा दिंदै पनि २६ मिनटमा निशान खड्काको शुटले अर्को तेश्रो गोल भएपछि जीआर टीमको हार निश्चित भइसकेको थियो | अन्तमा खेल अवधि सकिन २ मिनट अघि ३/११ जीआरले एक गोल गर्न सक्षम बनेका थिए | यसरी आज बिर्तामोड एफसी ३-१ को गोलले बिजयी बन्दै सेमी फाइनलमा प्रवेश गर्ने दोश्रो टीम भएको छ |
भोलि खेलिने म्याच एमवाइसी मंग्पू अनि दार्जीलिंग एफसी माझ सम्पन्न हुनेछ |

Post a Comment
We love to hear from you! What's on your mind?