दिनांक १ नवम्बर, मिरिक पलंगबारीमा नव निर्मित गुम्बामा अखिल भारतीय महायाना बौद्ध म्हानिपा संघ मिरिक शाखाको आयोजनामा अनि दार्जीलिंग जिल्ला समिति प्रतिनिधिवर्गको उपस्थितिमा साथै शंखर लामाको अध्यक्षतामा एउटा सभा बसेको छ |
सभाको औचित्य बुझाउंदै शाखा सचिवले यस भेगमा पनि म्हानिपा संघलाई सक्रीय पार्न अनि बौध धर्मको शितल जल सम्पूर्ण मानव हृदयमा छर्किन पर्ने आवश्यकता माथि जोड दिए |
दार्जीलिंग जिल्ला महासचिव आकाश लामाले गोर्खा समाजमा बौद्ध धर्मको महत्व बुझाउनु पर्ने आवश्यकता बताउंदै धर्मको मूल सिधान्त पंचशील, अष्ठशील बुझ्न अनि जीवनमा पालन गर्नको निम्ति प्रत्येक व्यक्ति दीक्षित भइ प्रथमत: सोजोंङ – न्युङने ब्रत बस्न पर्ने कुरामा जोड दिंदै आगमी ३० दिसम्बर देखि सम्पन्न हुने अखिल भारतीय महायाना बौद्ध म्हानिपा संघको रजत जयन्ति समारोह जयगाउँमा भेला भइ बौद्ध धर्म शिक्षा, सोजोंङ आदि ग्रहण गरिदिने आह्वान गरे |
सभामा अन्य जिल्ला प्रतिनिधिहरुमा दोर्जे मोक्तान, बी०के० मोक्तान, लाक्पा गोले, सुबास लामा, अभय अधिकारी आदिको पनि उपस्थिति रहेको थियो | विभिन्न शाखाहरु मिलिंगथुंग चियाबारी, धुसेनी शाखा, फोवाबाडी, नोलडांडा, सौरेनी आदिबाट ५७ जना नयाँ सदश्यहरु संघमा प्रवेश गरेका छन् |
आगमी दिनहरुमा अझ बौद्ध धर्मलाई ब्यापकता दिलाउन रथेन रिम्पोछे साङ्गेलोडोको नेतृत्वमा अन्य कार्यक्रम गर्दै लाने मन्तव्य सभापतिले दिएको जानकारी प्रेस विज्ञप्ति मार्फत आकाश लामाले दिएका छन् |

Post a Comment
We love to hear from you! What's on your mind?