गत बर्ष २०१४-२०१५ मा मनरेगा द्वारा
गरिएको सयदिने रोजगारको पैसा
आजसम्म पनि नपाँउदा तक्दाह
खण्ड अन्तर्गत लाब्दा बस्तीका
मानिसहरु चिन्तित भएका छन | काम
गरेको ११ महिना बितिसक्दा पनि
पनि तक्दाह खण्ड अन्तर्गत लाब्दा
बस्तीका मानिसहरु मनरेगाको
पैसा नपाएकोमा गुनासो व्यक्त
गरेका छन् | आफुले दश नंग्रा खियाएर
पसिना चुहाएर काम गरेको पैसा
चाड़बाढ़ अघि पनि नपाउदा स्थानीय
जनता एकदमै दुखि बनेका छन | दशैँ अघि पैसा पाउँछ
भन्ने ठुलो आशा साचेर बसेका
मानिसहरु दशैँ अघि पनि नपाउदा
धेरै हतास बनेका छन | सुपर भाईजर
अनि अनि भिजिलेन्स कमिटिका
सदश्यहरु सो बिषय लिएर खण्ड
बिकाश अधिकारी साथै डीएम
सम्मलाई दरखास्त गरिसकेका
छन | बीडीओको भनाई अनुसार घरि
ब्यांकको ब्रान्च कोड गल्ती,घरि
मनरेगाको फण्ड नै छैन,घरि पैसा
हाली दिएको छौ पन्ध्र दिन भित्र
पस्न सक्छन भनेर उत्तर दिन्छन
भनि लाब्दा वस्ती ग्रामबासी
रोशन छेत्रीले गुनासो व्यक्त
गरेका छन | रोशन छेत्रीले के
अनलाईन ब्यांककिङ यस्तै हुन्छ? उक्त
काम गरेको पैसा प्राप्त गर्नको
निम्ति कसको ढोका ढकढकाउनु
पर्ने हो ? गरीब जनताले खुन र
पसिनाले कमाएको पैसा प्राप्त
गर्न कसको शरणमा जानु पर्ने
हो भनि प्रश्न गरेकाछन | दशैँ
जे जस्ता बिते पनि अब तिहार
अघि भने उक्त सय दिने रोजगारको
पैसा पाउने आशा साचेर बसेका
छन स्थानीय ग्रामबासीहरु उक्त
पैसा झट्टै नपाए स्थानीय मानिसहरु
खण्ड बिकाश कार्यालयमा झट्टै
नै धर्नाको निम्ति जाने जानकारी
रोशन छेत्रीले दिएका छन |

Post a Comment
We love to hear from you! What's on your mind?