लामो समयदेखि साहित्यको सेवा गरिआएका साहित्यको उर्वर भुमि मंग्पूका प्रतिभाशाली युवा स्रष्टा पुष्कर सिंगर (Pusker Singer) को नयाँ कृतिको विमोचन यही ८ नोभेम्बरका दिन हुने भएको छ। उक्त दिन स्मृति भवन रङबी विभाग, मंग्पूमा त्रिकला सदनको आयोजनामा एक कार्यक्रमबीच उनको रुबाइयत संग्रहको लोकार्पण हुनेछ । उल्लेख्य, भारतेली नेपाली रुबाईको इतिहासमा सम्भवत यो दोस्रो मौलिक पुस्तक हो। रुबाई नेपाली साहित्यमा भरखरै मौलाउंदै गरेको भावसम्प्रेषणका हिसाबले एक सशक्त विधा हो जसको शुरुवात इरानका उमर खैय्यामबाट भएको मानिन्छ भने कर्ण विरह अनि महेश दाहालको रङगहीन तरङग प्रकाशित हुनभन्दा
अघि भारतीय नेपाली साहित्यमा केवल उमर खैय्यामका रुबाइयतका अनुवादहरु मात्र देखिएका हुन्। त्यसपछि सम्भवत यो दोस्रो कृति हो। नेपालतिर पनि प्रकाश आङदेम्बेले रुबाईको पहिलो मौलिक कृति प्रकाशित गरेका हुन् भने हाल साहित्यमा रुबाईको चर्चा बढ्दो छ ।
प्राप्त जानकारीअनुसार सिंगरको रुबाई संग्रहको विमोचन कार्यक्रमलाई वरिष्ठ साहित्यकार मोहन ठकुरीले सभापतित्व गर्नेछन। कार्यक्रममा बरिष्ठ साहित्यकार मनप्रसाद सुब्बा प्रमुख अथिति अनि वरिष्ठ साहित्यकार एडोन रोङगोङ विशिष्ट अतिथिका रुपमा रहनेछन। यसअतिरिक्त दार्जीलिङ, खरसाङ, कालेबुङ अनि सिलगडीका वरिष्ठ कविहरुको कविता वाचन रहनेछन।

Post a Comment
We love to hear from you! What's on your mind?