बर्तमान सम्पूर्ण गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन क्षेत्र अन्तर्गत अस्थायी शिक्षकहरुका संगठन जनमुक्ति असुरक्षित माध्यमिक संगठन केन्द्रीय समितिको नेतृत्वमा भइरहेको आन्दोलनको कारण विधालयको सम्पूर्ण पठन पाठन प्रक्रियामा ठुलो असर परेको कुरा सरस्वती उच्चतर माध्यमिक विधालय मङपूका शिक्षिका प्रभारी डी० तामांगले प्रेस विज्ञप्ति मार्फत जनाएकी छिन् | अस्थायी शिक्षक - शिक्षिकावर्गको अनुपस्थितिले गर्दा हालै सम्पन्न भएको सेन्ट - अप परिक्षाको परिक्षाफल प्रकाशित गर्न पनि विधालय असमर्थ रहेको कुरा जनाएका छन् |
यस्तो विकट परिस्थितिलाई मध्य नजर राखेर अस्थायी शिक्षक - शिक्षिकावर्गको समस्या यथाशिघ्र समाधान भए विधालय संचालन गर्न सहज हुने मनोभाव शिक्षिका प्रभारी डी० तामांगले गरेका छन् |

Post a Comment
We love to hear from you! What's on your mind?