मङपू सिन्कोना बगानमा कृषि मन्त्री पूर्णेन्दु बोसको भ्रमण

West Bengal Agriculture Minister Purnendu Bose visited mungpoo cinchona plantation
आज मङपू सिन्कोना बगानमा राज्यको कृषि मन्त्री पूर्णेन्दु बोस ( West Bengal Agriculture Minister Purnendu Bose) ले भ्रमण गरेको छ | अघोषित भ्रमणमा आएका मन्त्रीलाई यहाँको टीएमसी पार्टी कार्यलयमा पार्टी कार्यकर्ताहरु द्वारा स्वागत गर्दै भेटवार्ता गरेका छन् | यसै अवसरमा मङपू लाब्दा समष्टि त्रिनामूल कांग्रेस द्वारा कृषि मन्त्रीलाई क्षेत्रको विविध समश्यहरुमा ध्यानाकर्षण गराउंदै एउटा ज्ञापन पत्र चडाएका छन् जुन ज्ञापन पत्रमा मङपूमा एग्रिकल्चर रिसर्च सेन्टर अनि ट्रेनिंग सेन्टर हुन पर्ने माग, मंग्पू लगायत वरिपरी क्षेत्रहरुमा सुन्तला, अदुवा, अलैंची माथि लाग्ने रोगथाम विषयमा सरकारले केही रोग निवारणको कदम चाल्नु पर्ने माग आदि रहेको छ | यसको साथै टीएमसी पार्टी नेतृत्वले मंग्पू अनि संग्लग्न क्षेत्रहरुमा सुन्तलाको खेती प्राय: शुन्य भएदेखि यता कृषक दाजु भाई मर्कामा परेको उल्लेख गर्दै आर्थिक मेरुदण्ड भाँचिएको अव्गात गराएका छन् |

टीएमसी मङपूलाई नेतृत्व गर्दै ज्ञापन पत्र चडाउनेहरुमा क्रमश: दार्जीलिंग सिन्कोना प्लान्टेशन वकर्स युनियन सभापति किरण ब्लोन, सचिव मिरेन लामा, टीएमसी पार्टी आर आर ब्लक महा सचिव पवन बल, मङपू लाब्दा समष्टि टीएमसी पार्टी अध्यक्ष केएस छेत्री, जिल्ला टीएमसी महिला समिति सचिवा रेजिना गुरुङ आदि रहेका थिए |


भ्रमण अवधि कृषि मन्त्री पूर्णेन्दु बोसले पत्रकारसित कुराकानी गर्दै यहाँको सुन्तला, अदुवा, अलैंची माथि रोग लागेको विषयमा आफू ज्यादै चिन्तित रहेको जनाउंदै उक्त विषयमा उतर बङ्गाल विश्वविधालयका सोधकर्ता, डक्टरेटहरुसित बैठक बसेर एक कमिटी गठन गरी चाडै नै यस विषयमा सोधकर्ताहरु उतर बङ्गाल विश्वविधालयबाट पठाउने बताएका छन् |

मन्त्रीको साथमा एग्रिकल्चर डाइरेकटर आइएनटीटीयुसी जिल्ला अध्यक्ष अरुप रतन घोष, पार्टी जिल्ला समिति सदस्य उर्गेन शेर्पा, दार्जीलिंग सिन्कोना प्लान्टेशन वकर्स युनियन सभापति मंग्पू जोन निलकुमार गुरुङ पनि उपस्थित थिए भने सिन्कोना बगान निर्देशक डा० समुयल राई अनि व्यवस्थापक नरेश बराइलीको साथ कृषि मन्त्रीले मङपू सिन्कोना निर्देशालय, सिम्बोडियम अर्किड पार्क, मङपू कुइलेन कारखाना, रविन्द्र भवनको भ्रमण गर्दै दार्जीलिंग प्रस्थान गरेका छन्  ||

आज मङपू सिन्कोना बगानमा राज्यको कृषि मन्त्री पूर्णेन्दु बोस ( West Bengal Agriculture Minister Purnendu Bose) ले भ्रमण गरेको छ |

Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.