बोधगयामा अन्तराष्ट्रीय मणी दुङचूर कार्यक्रम

religious programme near Bodhi Tree bodhgaya
बोधगया, ६ फरवरी: आखिल भारतीय महायना बौध मणिपा संघको आयोजनामा पाँचौ अन्तराष्ट्रीय मणी दुङचूर मोलम कार्यक्रम बोधगया (Bodhgaya) स्थित प्रमुख महाबोधी मन्दीर परिसरको बोधीवृक्ष (Bodhi tree) को वरिपरि भब्य रुपमा आयोजन भइरहेको छ | फरवरी ३ देखि आरम्भ भएको कार्यक्रम आज तेश्रो दिनमा प्रवेश गरेको छ | आगमी ७ फरवरीको दिन कार्यक्रमको समापन हुनेछ | मणिपा संघका हजारौ भक्तहरु भारतका विभिन्न राज्य लगायत छिमेकी राष्ट्रहरु जस्तै नेपाल, भुटान अनि अन्य राष्ट्रबाट २ फरवरीको दिन निङमा गुम्बा बोधगयामा भेला भएका थिए | ३ फरवरी बिहान ६ बजे हजारौं भक्तहरु द्वारा ३ किलोमिटर पैदल शान्ति यात्रा महाबोधी मन्दीर सम्म गरी कार्यक्रम आरम्भ गरिएको थियो | संघका धर्मगुरु परम पावन ख्येन रिम्पोछे साङ्गे लोडोको प्रज्ञापूर्ण सानिध्यमा कार्यक्रम चलिरहेको छ | पाँच दिनसम्म आयोजन हुने कार्यक्रम प्रतिदिन बिहान ७ बजेदेखि बेलुकी ५ बजे सम्म दुई सत्रमा चलिरहेको छ | यस कार्यक्रम अवधि १० करोड ॐ मणी पद्मे हुँ को जप हुनेछ |  बोधीवृक्षको छाहरी भित्रको पवित्र वातावरणमा मणिपा भक्तहरुले आसन बाँधेर जप गरिरहेको छ | कार्यक्रमको भब्य रुप देखेर अन्य भक्तहरुले पनि उत्साहपुर्वक जप ध्यानमा अंश ग्रहण गरिरहेका छन् | बोधीवृक्षको काखबाट धर्मगुरु ख्येन रिम्पोछेले आफ्ना अनुन्यायीहरुलाई मणि मन्त्र जप ध्यान अनि धर्म दर्शन बारे प्रवचन पनि गरेका थिए | प्रवचनको क्रममा खेम्पो साङ्गे छोपेल दार्जीलिंग अनि टुल्कु ल्वाङ छिरिंग भुटानबाट पनि क्रमैले हिन्दी अनि अंग्रेजीमा प्रवचनहरु भइरहेको छ | दैनिक पूजा पाठ तथा कार्यक्रमलाई  लामा पाल्देन म्हेमे दार्जीलिंगले अगुवाई गरिरहेका छन् | अखिल भारतीय महायाना बुद्धिष्ट मणिपा संघको वार्षिक कार्यक्रम मध्ये यो मणि दुङचूर मोलम कार्यक्रम मुख्य हो | संघले २०१२ देखि लगातार रुपमा भब्य रुपमा आयोजन गर्दै आइरहेको छ र यो कार्यक्रम संघको मुख्य उपलब्धि बनेको छ | यसै कार्यक्रम मार्फत संघले राष्ट्रीय स्तरदेखि अन्तराष्ट्रीय स्तरमा आफ्नो परिचय बनाउन सक्षम बनेको छ | यसघरि संघको कार्यक्रम साथ - साथै अन्य बौद्ध राष्ट्रहरु जस्तै थाईल्याण्ड, बर्मा अनि श्रीलंकाका प्रतिनिधिहरुबाट पनि पालै पालो पूजा पाठको कार्य भइरहेको छ | विभिन्न पूजा पाठको कार्यक्रमले गर्दा वातावरण नै अलौकिक बनेको छ | जप गर्ने क्रममा पहिलो दिन १,४०,२५०००, दोश्रो दिन १,५०,१०००० अनि तेश्रो दिन १,२२,१७००० जप भइसकेको छ | तेश्रो दिन धर्मगुरु ख्येन रिम्पोछे साङ्गे लोडोको पवित्र सानिध्यमा सय भन्दा अधिक भक्तहरुले धर्मदिक्षा पनि ग्रहण गरेका छन् | यस सम्पूर्ण जानकारी साथ मूल सचिव गोपाल मोक्तान अनि प्रवक्ता किरण पाख्रिनले संयुक्त रुपमा प्रेस विज्ञप्ति दिएका छन् ||

आखिल भारतीय महायना बौध मणिपा संघको आयोजनामा पाँचौ अन्तराष्ट्रीय मणी दुङचूर मोलम कार्यक्रम बोधगया (Bodhgaya) स्थित प्रमुख महाबोधी मन्दीर परिसरको बोधीवृक्ष (Bodhi tree) को वरिपरि भब्य रुपमा आयोजन भइरहेको छ | फरवरी ३ देखि आरम्भ भएको कार्यक्रम आज तेश्रो दिनमा प्रवेश गरेको छ |

Read latest post filed under general news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.