सिन्कोनामा बदली कामको शुभ सन्देश दिंदै बस्यो सभा

Darjeeling Terai Dooars Plantation Labour Union
सिन्कोना बगानमा आफ्नो बहुमुल्य पसिना अनि आफ्नो उमेरहरु दिइ साठी वर्षपछि अवकास ग्रहण गरेका सिन्कोना बगानका कर्मचारीवर्गले पनि बदली काम पाउने निश्चित गरी ती परिवारहरुलाई शुभ संदेश दिन सुरेन राई सभापति मङपू जोन दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियनको अध्यक्षतामा एउटा सभा बसेको छ | सभामा अवकाशप्राप्त कर्मचारीहरुका परिवारले पनि बदली काम पाउन पर्छ भनी मागमा संघर्षरत दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन अनि जनमुक्ति मोर्चा मङपू जोन अधिनस्थ समस्त शाखाहरु, युनियन शाखाहरु ती कर्मचारीहरुको परिवारलाई रेगुलर लेबरको रुपमा बदली काम अनि साल २००८ देखि आज पर्यान्त अवकाश प्राप्त कर्मचारीका परिवार सदस्यलाई बदली काम सिजनल वकर्सको रुपमा दिलाउन सक्षम भएको जानकारी तथा कतिपय टेक्निकल सुविधा - असुविधा अनि बगानको कार्य संस्कार सविस्तार बताउन बसेको उक्त सभालाई किशन बुडाथोकी मङपू जोन युनियन सचिवले संचालन गरेका थिए | सभामा मङपू, लाब्दा, रेशेप, रंग्बी, रन्जुभेली शाखा दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियनका सभापति - सचिवहरु अनि पाँचै विभागका अवकास प्राप्त कर्मचारीहरु तथा परिवारका सदस्य- सदस्याहरुको बिशेष उपस्थिति रहेको थियो |  सभालाई सिन्कोना जोन सचिव गगन राई अनि मङपू जोन गोजमुमोले पनि सम्बोधन गरेका थिए | युनियन अनि मोर्चाले २००७ देखि यता सिन्कोना बगानका हराई सकेका मजदुरहरुको बदली काम दिलाउंदै आइरहेको छ | आज फेरि अवकाश प्राप्त कर्मचारीहरुको सिजनल वकर्सलाई पूर्णरुपमा ७२ जनालाई रेगुलर बनाउन सक्षम भएको र रहल वकर्सले पालो पर्खनु पर्ने टेक्निकल विषय बताउने कार्य भयो भने साल २००८ देखि आजसम्मका अवकाश प्राप्त कर्मचारीको परिवारलाई सिजनल वकर्सको रुपमा बदली काम दिने निश्चित भएको जानकारी सभामा दिइयो | सम्बोधनमा युनियन र पार्टीले मजदुरवर्गको बदली काम, प्रोमोसन तथा बगानको हितार्थ धेरै कार्यहरु गर्दै आएको अनि कुइलेन कारखानाको पुन: निर्माणको  निम्ति वर्क अर्डर आएको पनि सभामा अव्गात गराए | सभामा रेगुलर हुने, सिजनल वर्करको रुपमा बदली काम पाउने सम्पूर्णलाई बगानको कार्य संस्कार बारे पनि जानकारी गराए भने मजदुरवर्ग तथा सिन्कोनाबासीको हित चिताउने युनियन र पार्टीलाई निष्ठापूर्वक कृतज्ञ बनी संधै साथ दिंदै आए भविष्यमा अझ धेरै समस्याहरु समाधान हुने पनि सबैलाई जनाए | रेगुलर हुन मौका नपाउनेहरुलाई पालो पर्खनु पर्ने अनि सबैलाई एकैचोटि रेगुलर गर्न असुविधा हुने कुराहरु उपस्थित सबैलाई जानकारी गराए | यसरी सिन्कोना बगान अनि बगानमा आश्रित मजदुरवर्ग, कर्मचारीको धेरै समस्याहरु सफलतापुर्वक समाधान गर्न सक्षम भएकोमा गोर्खाल्याण्ड क्षेत्रीय प्रसाशन मुख्य कार्यपाल तथा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङ, सभासद रतन थापा प्रति सम्पूर्ण सिन्कोना बगानको पक्षमा हार्दिक कृतज्ञता प्रकट गरिएको जानकारी एक विज्ञप्ति मार्फत दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन मङपू विभाग शाखा सभापति बुद्ध कुमार थापाले दिएको छ ||

सिन्कोना बगानमा आफ्नो बहुमुल्य पसिना अनि आफ्नो उमेरहरु दिइ साठी वर्षपछि अवकास ग्रहण गरेका सिन्कोना बगानका कर्मचारीवर्गले पनि बदली काम पाउने निश्चित गरी ती परिवारहरुलाई शुभ संदेश दिन सुरेन राई सभापति मङपू जोन दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियनको अध्यक्षतामा एउटा सभा बसेको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.