तक्निकी सप्ताह अनि रवी कृषि महोत्सव २०१६ समाप्त

Director Samuel Rai and sabhasad Samuel Gurung in Technical Week Ravi Krushi Mahotsav Mungpoo
मङपु जन मैदानमा सम्पन्न भइरहेको तक्निकी सप्ताह अनि रवी कृषि महोत्सव २०१६ को समापन कार्यक्रम सिन्कोना निर्देशालयका निर्देशक, डा. सामुएल राईको सभापतित्वमा सम्पन्न गरियो | दार्जीलिंग कृषि विज्ञान केन्द्र, उत्तर बंग कृषि विश्वविद्यालय अनि निर्देशालय सिन्कोना एवं अन्य औषधीय पौधाहरुको संयुक्त आयोजनामा सम्पन्न भएको यस समारोहमा प्रमुख अतिथि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका कार्यकारी सभासद सामुएल गुरुङ, सिन्कोना विभाग, रहेका  थिए भने समापन कार्यक्रममा विशिष्ट अतिथिहरु क्रमश : युवीकेवीका एसिस्टेन डाइरेक्टर अफ रिसर्च डा. सुमित चक्रवर्ती साथै एसोसिएट प्रोफेसर डा. विनय शर्मा लगायत कृषि विज्ञान केन्द्र अनि सिन्कोना निर्देशालयका चारै युनिटका अधिकारीवर्गको उपस्थिति रहेको थियो |  तक्निकी सप्ताहमा विभिन्न कृषि विधामा राखिएको प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरियो | कार्यक्रममा युवीकेवीका डा. एम. डब्लु. मोक्तान, सिनियर साइन्टिस्ट एण्ड हेड, प्रशंसानीय ढंगमा स्वागत सम्भासन राखेका थिए |
आजको दिनमा अर्किड खेती सम्बन्धमा सुमिता प्रधान, एसिस्टेन्ट प्रोफेसर, यु.वी.के.वी. कालेबुङ प्रशिक्षण गराइन भने  तीनैवटा विभागको पक्षमा व्यवस्थापक, सरकारी सिन्कोना बगान, एन. के. बराइलीले यस कृषि महोत्सवमा सम्भागी सम्पूर्णमा धन्यवाद राखे पछि संगीतमय कार्यक्रमको साथमा चार दिवशीय कृषि मेला समापन गरियो |

मङपु जन मैदानमा सम्पन्न भइरहेको तक्निकी सप्ताह अनि रवी कृषि महोत्सव २०१६ को समापन कार्यक्रम सिन्कोना निर्देशालयका निर्देशक, डा. सामुएल राईको सभापतित्वमा सम्पन्न गरियो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.