मङपूमा गोराविमो-भीपीसीको संयुक्त प्रचार सभा

GNLF GNSF rally in Mungpoo
गोर्खा राष्ट्रीय मुक्ति मोर्चा मङपू लाठपन्चर समष्टि अन्तर्गत गोराविमो अनि भीपीसीको संयुक्त आयोजनामा यहाँको नालीडांडामा एउटा प्रचार सभा सम्पन्न भयो | शुरुमा क्षेत्रका गोरामुमो समर्थकहरु द्वारा आयोजना गरिएको रयालीले कटुवाल गोलाई सम्म परिक्रमा गरि अन्तमा नालीडांडा आएर एउटा सभाको रुप लिएको थियो | जानकारी अनुसार गोरामुमो अध्यक्ष मन घिसिंगको निर्देशमा समस्त गोर्खाहरुमा छैटौं अनुसुचिबारे सचेतना फैलाउन नै आजको सभाको मुख्य औचित्य रहेको थाहा लागेको छ | गोराविमो मङपूका रितेश तामांगको अध्यक्षतामा सम्पन्न सभामा बिशेष गरेर गोर्खा राष्ट्रीय विधार्थी मोर्चा खरसाङ ब्रान्चका पदाधिकारीहरुको उपस्थिति रहेको थियो भने उनीहरु द्वारा छैटौं अनुसुचि बारे थुप्रै बक्तब्यहरु प्रस्तुत गरिएको थियो | सभामा बक्ताहरुले गोजमुमोका भ्रस्टचारी नेतृत्व अनि जीटीएको खोइरो खन्दै छैटौं अनुसुचि नै गोर्खाहरुलाई उन्मुक्तिको दिशामा लाने सही मार्ग हो भनी बताए | गोजमुमोले पहाडमा एक पछि अर्को गर्दै केवल नाटक देखाएर जनतालाई मुर्ख बनाउने र ठग्ने काम गरेको छ, हामीले बन्जर जमीनलाई खनेर ठीक बनाएपछि अहिले उनीहरु खेती गर्न खोज्दैछ भन्दै जीटीए भनेको असंवैधानिक अनि केवल सभासदहरुलाई धनी बनाउने व्यवस्था हो तर छैटौं अनुसुचि भनेको पहाडमा अहिले सम्म रहेको बेकारी शिक्षित युवा युवती लगायत खटिखाने गरीब जनताको निम्ति पक्का संवैधानिक व्यवस्था हो भन्दै वक्ताहरुले छैटौं अनुसुचिलाई प्रमुखता दिए | जब जीटीएलाई बजेट प्रसस्त हुन्छ तब नेताहरु चुप लाग्छ अनि जब बजेट सक्छ तब गोर्खाल्याण्डको आन्दोलन गर्छु भन्ने मोर्चाका नेताहरु आफै धनी बनिने चक्करमा गोर्खाल्याण्डको मुद्दालाई नै बेचेर गोरामुमोलाई बेचेको आरोप लगाउन लज्जास्पद कुरा हो भन्दै मोर्चाले रिपोर्टरहरु थुपारेर गोर्खाल्याण्डको आन्दोलन गर्छु भन्दै झुटो बयान पत्र पत्रिकामा दिनु मात्र होइन यदि गोर्खाल्याण्डको आन्दोलन गछौ भने पहिला जीटीएको खेस्रा जलाएर सडकमा आऊ तब गोराविमो आन्दोलनलाई समर्थन र साथ दिन सबैभन्दा पहिला उत्रिनेछ भनी कडा चुनौती दिएको छ | सभामा बिशेष गरेर केही दिन अघि गोरामुमो द्वारा गोर्खाल्याण्ड सम्बन्धि गरिएको आरटीआइ, डिजिटल राशन कार्ड अनि असंवैधानिक जीटीएमा हस्ताक्षर गरेर मोर्चाले गरेको भूलको व्यापक चर्चा गरिएको थियो | एएवाइ अन्तर्गत बर्तमान सरकार द्वारा वितरण गरिएको डिजिटल राशन कार्डको विषयमा बोल्दै मोर्चाका शिक्षित नेतृत्वहरुले पहिला एएवाइ राम्ररी बुझेर मात्र बिमल गुरुङलाई बुझाउनु भन्दै बिमल गुरुङलाई एएवाई सम्बन्धि गतल बुझाएको कारण उसले डिजिटल राशन कार्ड वितरण गरेर सरकारले गोर्खाहरुलाई सुकुम्बासी बनाएको हाँस्यस्पद बयानहरु दिइरहेकोले पहिले कसले राशन कार्ड पाउँछ त्यो बुझ्न आवश्यक रहेको बताए भने सुकुम्बासी त मोर्चाले छैटौं अनुसुचिको विरोध गर्दै असंवैधानिक जीटीए थापेर पो बनाएको किटान गरे | यसरी नै गोर्खाल्याण्ड सम्बन्धि आरटीआई गरेर हेर्दा जुन रिपोर्ट पाइयो त्यसबाट मोर्चा नेताहरु केन्द्रमा गएर अहिलेसम्म गोर्खाल्याण्डको कुरै नगरेको स्पष्ट भएको छ भने अब गोर्खाल्याण्डको नाममा सोझो जनतालाई ठग्दै आफुमात्र धनी हुने नेताहरुलाई भुलेर एकपल्ट एकजुट हुँदै संवैधानिक छैटौं अनुसुचिलाई मौका दिन पर्ने समय आएको वक्ताहरुले जनाए | छैटौं अनुसुचिलाई समर्थन गर्न गोरामुमोको झण्डा पक्रिन पर्ने कुनै बाध्यता नरहेको बताउंदै आगमी कार्यक्रमहरुमा अब गोरामुमोले छैटौं अनुसुचिको मागलाई तिब्र गर्दै लाने भएकोले अब जनताले जीटीएको खोक्रो व्यवस्थालाई भुलेर छैटौं अनुसुचिलाई समर्थन गरिदिने पनि गोराविमो नेतृत्वहरुले अपिल गरेका छन् | चमन प्रधान अनि हण्डे भाई द्वारा संचालित आजको सभामा मिलन शेर्पा, गोराविमो खरसाङ ब्रान्च कमिटि साधारण सचिव युद्ध छेत्री, दिल्ली केन्द्रीय सेलका योनतेन लामा, कानुनी सलाहकार पाल्देन भुटिया, खरसाङ ब्रान्च कमिटिका सन्दिप लिम्बु, संजोक गुरुङ, सुबर्ण खाती अनि रितेश तामांगले पनि सम्बोधन गरेका थिए भने प्रमुख अतिथि गोरामुमो केन्द्रीय समिति प्रवक्ता एवम भूतपूर्व बिधायक एनबी छेत्री, आनन्द राई, जज गुरुङ, प्रेरणा राई, कैलाश पाख्रिन, अल्बर्ट घिसिंग, केबी गुरुङ लगायत गोरामुमोका बरिष्ठ समर्थकहरुको बिशेष उपस्थिति रहेको थियो || 

गोर्खा राष्ट्रीय मुक्ति मोर्चा मङपू लाठपन्चर समष्टि अन्तर्गत गोराविमो अनि भीपीसीको संयुक्त आयोजनामा यहाँको नालीडांडामा एउटा प्रचार सभा सम्पन्न भयो | शुरुमा क्षेत्रका गोरामुमो समर्थकहरु द्वारा आयोजना गरिएको रयालीले कटुवाल गोलाई सम्म परिक्रमा गरि अन्तमा नालीडांडा आएर एउटा सभाको रुप लिएको थियो |

Read latest post filed under mungpoo news, political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.