नरेश बराइली स्मारक अन्तर विभाग अनि कार्यलय फुटबल चुनौती खेल शुरु

Naresh Baraily Smarak Inter Division and Office Football Tournament
मङपु सिन्कोना बगान भित्रको पाँचवटा विभागहरु परस्परमा शान्ति, प्रेम अनि सदभावना कायम राख्ने उदेश्यमा विगत वर्षदेखि निर्देशक डा० सामुयल राईको कुशल निर्देशन तथा निर्देशालय सिन्कोना अनि अन्य औषधीय पौधाहरुको आयोजनामा सम्पन्न भएर आएको अन्तर सिन्कोना विभागीय फूटबल टुर्नामेन्टको यस वर्षको खेल आजदेखि शुरु भएको छ | गत वर्षहरुमा सिन्कोना व्यवस्थापक स्व० नरेश कुमार बराइलीको बिशेष संयोजनमा ४० वर्षदेखि माथिका कर्मचारीहरुलाई मात्र विभागीय दलबाट खेल्न दिइने प्रावधान रहेको थियो भने यस वर्ष केही फेर बदल गर्दै ती दलहरुलाई एकदिने खेल खेलाएर अन्य खेलहरु स्व० बराइलीकै नाममा “ नरेश बराइली स्मारक अन्तर विभाग अनि कार्यलय फुटबल चुनौती खेल” भनेर सिन्कोना विभागको युवा खेलाडीहरुलाई लिएर पनि टुर्नामेन्ट शुरु गरिएको छ | आजको शुरुवाती खेलमा बी ग्रुपबाट पहिलो खेल लाब्दा विभाग बनाम रङबी विभाग माझ सम्पन्न भएको थियो जसमा रङबी विभागले ४ गोल दागेर लाब्दालाई परास्त गरेका थिए भने दोश्रो अर्थात ए ग्रुपको खेलमा लाब्दा विभागको मङपु विभागसित कडा भिडन्त चलेको थियो जसमा लाब्दाले मङपु विभागलाई ४ गोल गरेर आफ्नो दललाई अघिल्लो चरणको खेलमा पुराउन सफल भएको छ |
आजको शुरुवाती खेलमा सर्वप्रथम भूतपूर्व खेलाडी केएम राई द्वारा गोली किक गरेर शुभआरम्भ गरिएको खेलमा एनपी राईको मुख्य आतिथ्य रहेको थियो भने दुवै खेलमा गगन थापाले निर्णायकको भार सम्हालेका थिए ||

मङपु सिन्कोना बगान भित्रको पाँचवटा विभागहरु परस्परमा शान्ति, प्रेम अनि सदभावना कायम राख्ने उदेश्यमा विगत वर्षदेखि निर्देशक डा० सामुयल राईको कुशल निर्देशन तथा निर्देशालय सिन्कोना अनि अन्य औषधीय पौधाहरुको आयोजनामा सम्पन्न भएर आएको अन्तर सिन्कोना विभागीय फूटबल टुर्नामेन्टको

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.