मङपुका विभिन्न क्षेत्रमा बिश्वकर्म पुजा

Vishwakarma Puja in Mungpoo
आज विश्वकर्मा पुजाको अवसरमा मङपु क्षेत्रमा पनि धुमधाम अनि भक्तिभाव साथ यस पुजालाई पालन गरिएको छ | बिशेष गरेर मङपुदेखि दार्जीलिंग, कालेबुङ, खरसाङ, सिलिगुडी आदि शहरहरुमा दैनिक यात्री सेवा दिने बहानहरु आज एक दिन छुट्टी गरेर मङपु मोटर कर्मचारी कल्याण संगठनको ब्यानरमा रङबी विभाग स्थित त्रिसुले फाटकमा भब्य पुजाको आयोजन गरेर बिश्वकर्म बाबाको विधिवत पुजा अर्चना गरे | दैनिक रुपमा विभिन्न सडक दुर्घटनाहरु हुनदेखि बाँच्न आज संगठनका सम्पूर्ण चालकहरुले श्रद्धापुर्वक बाबा विश्वकर्मको आरधाना साथै ब्राह्मण द्वारा  आफ्नो बहानको पुजा पाठ गराए | आज पुजाको छुट्टीले गर्दा यात्रीहरुमा पर्न गएको असुविधामा संगठनले अगावै खेद प्रकट गर्दै क्षमा प्रकट गरेका थिए भने भोलिदेखि फेरि सदा झैं यी संगठनका चालकहरु यात्रीहरुको सेवामा हाजिर हुनेछ | यसरी नै मङपु नालीडांडा जोगीघाट मोटर ट्रान्सपोर्ट वेलफेयर एसोसिएशनले पनि लाब्दा विभाग गन्ती घर नजिक भब्य पुजाको आयोजन गर्दै बिश्वकर्म पुजा पालन गरेको छ | नालीडांडादेखि जोगीघाटसम्म दैनिक रुपमा सेवा दिने सेन्डीकेटका चालकहरु अनि मालिक पक्षको संयुक्त आयोजनामा आज बिश्वकर्म पुजा भब्य रुपमा पालन गरेको थियो | यसको साथै सिन्कोनाको विभिन्न वर्कसपहरुमा, बत्ती अफिसमा, आ- आफ्नो  विभागको सेन्डीकेटहरुमा अनि निजी गाडी गराजहरुमा पनि बिश्वकर्म पुजा पालन गरेको समाचार छ |

आज विश्वकर्मा पुजाको अवसरमा मङपु क्षेत्रमा पनि धुमधाम अनि भक्तिभाव साथ यस पुजालाई पालन गरिएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.