मङपु युथ क्लबको आयोजनमा सम्पन्न भईरहेको मङपु गोल्डकप फुटबल टुर्नामेन्टको प्रथम क्वाटर फाईनल खेल १६ अक्टुबर आईताबारको दिन मङपु जनमैदानमा जीटीसी सिलङ अनि गत बर्षको च्याम्पियन बिर्तामोड ११ माझ भिड़ान्त हुनेछ | यसरी आगमी १९ अक्टुबरको दिन नाईटचेस क्लब नेपाल अनि बंगलादेश माझ भिड़ान्त हुने खेलमा बंगलादेशलाई भीशाको अनुमति नपाएको कारण नाईट चेस क्लब नेपालको भिड़ान्त सीएफसी भुटान माझ हुने जानकारी आयोजक समितिका सचिव मन्जय गुरुङले दिएका छन | यसरी गत ९ अक्टुबर २०१६ को दिन सिक्किम बोईज क्लब अनि केएफसी फुटबल माझ सम्पन्न भएको खेलम ट्राइब्रेकरमा ७ को बिरुद्द ८ गोला गरेर केएफसी विजय बने | हिमालयदर्पण मिडिया पार्टनर रहेको उक्त खेलको फाईनल खेल आगामी ४ नोभेम्बर २०१६को दिन मङपु जनमैदानमा सम्पन्न हुनेछ |

Post a Comment
We love to hear from you! What's on your mind?