लाब्दा खेलकुद समितिको आयोजनामा सम्पन्न भइरहेको दुई दिवसीय खेलकुद समारोहको आज दोश्रो दिन अर्थात समापन कार्यक्रम लाब्दा विभागीय भारप्राप्त ग्याङमेन मदन राईको सभापतित्वमा सम्पन्न भयो | ग्राम सेवक प्राथमिक पाठशालाको भूतपूर्व प्रधान अध्यापक अरुण कुमार पाख्रीनको मुख्य आतिथ्य रहेको आजको कार्यक्रममा विभागका खेलकुद प्रतियोगी केटा अनि केटीहरुलाई लिएर भब्य खेलकुद समारोह सम्पन्न भयो | कार्यक्रमलाई बीबी प्रधान, किरण पाख्रीन, बानिरा गोतामे, मुनाल घिसिंग, हिर्देन खड्काले संचालन गरेका थिए | कार्यक्रममा १०० देखि ८०० मिटर सम्म दुरी राखेर केटा अनि केटीहरु माझ दौड प्रतियोगिता, चट्टी नघाई, सन्तुलन दौड, ५० वर्ष उँधोका वृद्हरुको दौड आदि खेलहरु संचालन गरिएको थियो | आजको खेलकुद कार्यक्रमको मुख्य आकर्षण म्याराथन दौड खुल्ला केटा अनि केटीहरु माझ राखिएको थियो जसमा केटाहरुबाट बिक्रम थापा कालेबुंग पहिलो, नयन तामांग कुमुदिनी होम्स कालेबुंग दोश्रो अनि बिस्वास मंगर लंकुले तेश्रो स्थान ओगटेका थिए | यसरी नै केटीहरुबाट सोनिया राई रोलक पहिलो, ऋतु लेप्चा लोवर तुरोक दोश्रो अनि दिक्षा तामांग शान्ति धुराले तेश्रो स्थान लिएका थिए | आजको खेलकुद समारोहमा अविनाश राईले सर्वाधिक ट्रफी जितेर उत्कृष्ट खेलाडीको खिताफ जित्न सफल भएको छ | कार्यक्रममा खुल्ला नृत्य प्रतियोगिता पनि राखिएको थियो जसमा समितिले हरेक झुण्डलाई छ जनाको समुह हुन आवश्यक भनिएको हुँदा प्राय: जसो समुहले छ भन्दा कम्ती दल लिएर उपस्थित रहेका थिए जसको कारण नृत्य प्रतियोगिता भने प्रतियोगिता नरहेर केवल प्रदर्शनी नृत्यको रुपमा सपन्न भयो जसमा आठ भन्दा अधिक झुण्डहरुले अंश ग्रहण गरे भने अंश ग्रहण गर्ने सम्पूर्णलाई समितिले पारितोषिक प्रधान गरेका थिए | हिज झैं आज पनि प्रत्येक बिजयी प्रतियोगीहरुलाई मेडल संगै नगद राशी पारितोषिकको रुपमा प्रधान गरिएको थियो | कार्यक्रमलाई सुचारु रुपले संचालन गर्नमा सहयोग पुराउने प्रायोजक व्यक्तित्वहरु शिव तामांग, बलदेव मुखिया, सुजित राई, महाराजा क्याटरिङ आदिलाई समितिले हार्दिक धन्यबाद साथै आजीवन ऋणी रहके जनाएको छ भने अन्तमा सभापति मदन राईको सारगर्भित बक्तव्यको साथमा कार्यक्रम अन्त भएको थियो ||

Post a Comment
We love to hear from you! What's on your mind?