मङपु साहित्य, संगीत अनि कलामा आफ्नो नाम स्थापित गरिसकेको स्थान हो भने अहिले घरि यो क्षेत्र फूलखेतीमा पनि आफ्नो नाम कमाउने होडमा पछि परेको छैन | हालै दार्जीलिंगको जामुनेमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन द्वारा आयोजन गरिएको ६ दिने भब्य कृषि वागवानी मेलामा दार्जीलिंग समष्टि भरिको फल फूलको प्रतिस्पर्दामा मङपुको एक व्यक्तिले तीनवटा प्रथम अनि दुईवटा दोश्रो पुरस्कार पाएर मङपुलाई नै प्रतिनिधित्व गर्दै क्षेत्रको नाम रोशन गरेको छ | लाब्दा विभागका आशिष राई ( ज्ञानदीप) जो सिन्कोनामा कार्यरत भएकोले सिन्कोनाका थुप्रै औषधिमुलक पौधा, फुल आदि प्रदर्शनीको निम्ति लगेर गएको बेला यही मौकामा आफ्नै घरमा खुबै मेहनत गरेर रोपिएको फूल सब्जीहरु पनि प्रदर्शनीको निम्ति लगेर गएका थिए | अन्तमा फल फूलको कम्पिटिशन हुँदा उनको व्यक्तिगत फूलहरुले एकाधिक पुरस्कार जितेको छ | सानैदेखि फल फूलको खेती गर्न भनेपछि मरिमेट्ने आशिषले घरबाट लागेको सकुलियन्स प्रजातिको क्याक्टसले प्रथम पुरस्कार, पट प्लान्ट्सका सुन्दर फूलहरुले प्रथम पुरस्कार, एक्जोटिक भेजिटेबल जसमा एनार्चिङ गरेर रोपिएको सुन्तलाले प्रथम पुरस्कार, कट फ्लावरले दोश्रो पुरस्कार अनि फोलिएजले दोश्रो पुरस्कार गरेर जम्मा पाँचवटा पुरस्कार प्राप्त गर्न सफल भएको छ | गत २६ जनवरीको दिन प्रदान गरिएको यी पुरस्कारहरु गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन हर्टिकल्चर विभागले दिएको जानकारी आशिष राई स्वयले दिएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?