विगत २०१० देखि शुरु भएको मङपु विभागीय फूटबल एकादमीको यस पल्ट सातौँ वर्षको शितकालिन फुटबल प्रशिक्षण शिविर जनवरीको पहिलो सप्ताहदेखि शुरु भएको थियो | यसवर्षको शिविरमा सिनियर ४४ अनि जुनियर २२ गरेर कुल ६६ जना प्रशिक्षनार्थी थिए | प्रशिक्षणमा प्रमुख प्रशिक्षक सोनाम वाङदी भोटिया तथा भाष्कर थापा अनि सहयोगीहरु संजय राई र सम्मी गुरुङले नानीहरुलाई फुटबल खेल सम्बन्धि विभिन्न प्रकारको तकनिकी ज्ञानहरु, व्यायाम आदि सिकाइरहेका थिए भने आज आएर प्रशिक्षण शिविर समाप्त भएको छ | समापन कार्यक्रममा प्रमुख अतिथि हरिप्रसाद राई ग्याङमेन मङपु विभाग, सभापति प्रकासचन्द्र राई, सचिव किशोर थापा तथा अतिथिवर्गमा भाष्कर थापा, गोपाल राई, बीके गुरुङ, प्रेम तामांग, जोहन राई आदि उपस्थित रहेका थिए | समापन कार्यक्रममा मङपु विभागीय खेलकुद अकादमीका यस वर्षका जम्मा बाह्र जना १४ वर्षदेखि १७ वर्षसम्मका नानीहरुको नामावली विवरण तक्दाह खण्ड विकाश पठाइसकेको सचिव किशोर थापाले जानकारी गराए | यस वर्षको प्रशिक्षण शिविर सफल भएकोमा सचिव किशोर थापा अनि प्रकासचन्द्र राईले दुई मुख्य प्रशिक्षक सोनाम वाङदी भोटिया अनि भाष्कर थापा साथै सहयोगी प्रशिक्षकहरु प्रति कृतज्ञता जनाएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?