तकलिङ स्थित डुपखाङ छ्योखोरलिङ गुम्बा धर्म गुरु लामा पाल्देन साङ्गे एवम गुम्बा समितिको निमन्त्रणालाई स्वीकार्दै अल बेंगाल बुद्धिष्ट डेभलोप्मेन्ट कमिटि महासचिव आकाश लामा अनि सहसचिव रतन बोम्जनको अगुवाईमा प्रतिनिधि टोलीका क्रमले लाक्पा छिरिङ गोले, सुखमन मोक्तान, लनम लामा, सुरेन पाख्रिन, एसएम घिसिंग आदि उक्त गुम्बा द्वारा आयोजित तामांग सोनम लोछारको समापन साथै जाम्पेयाङ बुद्धिष्ट स्टुडेन्टस वेलफेयर एशोशिएशन डुपखाङ छ्योखोरलिङ गुम्बा तकलिङको संयुक्त आयोजनामा सम्पन्न भएको एक छ्या न्युङने ब्रत कार्यक्रम समापन समारोहमा सहभागी बन्न पुगेका थिए |
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुखसल्लाहकार सुखमन मोक्तानले बौद्ध परम्परा अनुसार सम्पन्न विधाकी देवी मंजुश्रीको अपार महिमा माथि प्रकाश पार्दै विधार्थी नानीहरुले यस पवित्र ब्रतमा भाग लिएकोमा खुशी व्यक्त गर्दै आध्यात्मिक शिक्षा नै सर्वश्रेष्ठ शिक्षा हो अनि यसलाई निरन्तर रुपमा अभ्यास गर्दै लगे जीवन सुखमय बन्ने कुरो बताए | महासचिव आकाश लामाले पुन: सरकार द्वारा बौद्धहरु माथि कुनै महत्व नदिएकोमा असन्तोस व्यक्त गर्दै बुद्ध भुमि भारतमा आजपर्यान्त पवित्र बुद्ध जयन्तीलाई ग्याजेटेड होलिडे घोषणा नहुनु ठुलो बिडम्बना रहेको बताए भने आगमी १९ मार्चको दिन संगठन द्वारा आयोजन हुन गइरहेको महा बौद्धरयालीलाई सफल बनाउन यस क्षेत्रबाट पनि व्यापक संख्यामा बौद्धहरु भेला भइदिने अपिल गरे | यसरी नै सहसचिव रतन बोम्जनले आफ्नो सम्बोधनमा तामांग बौद्ध विज्ञ आसेङहरुको जातिप्रतिको योगदानलाई मुल्यांकन गर्न हेतु ऐतिहासिक बक्तब्यहरु रेकर्ड हुन पर्ने कुरामा जोड दिए | साथै आजसम्म बौद्धहरु एकमुष्ट हुन नसकेकोमा खेद प्रकट गर्दै यसको नोक्सान हामीलाई नै भइरहेको बताउंदै अब यही हो बेला एक हुन पर्ने कुरो भन्दै १९ मार्चमा सिलिगुडी दार्जीलिंग मोडदेखि आरम्भ हुने विशाल बौद्ध रयालीलाई सफल पार्न सम्पूर्ण क्षेत्रबाट सबै समुदाय भोटिया, तामांग, शेर्पा, लेप्चा, गुरुङ, बरुवा बौद्धहरुलाई एकै मंचमा भेला भइ प्रथम बुद्ध पुर्णिमालाई सरकारी छुट्टी घोषित गराउन सरकारमाथि चाप शृष्टि गर्नुपर्ने आह्वान गरे | अखिल भारतीय तामांग बौद्ध संघ केन्द्रीय समिति भूतपूर्व महासचिव एवम विद्वान एसटी लामाले पनि यस पवित्र माग प्रति आफ्नो अनि संघको पूर्ण सहयोग रहेको बताउंदै यसमा आफुले भ्याएसम्म सहयोग गर्ने बताए | लामा पाल्देन साङ्गे तकलिङ गुम्बा प्रमुख धर्मगुरुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दार्जीलिंग, तक्दाह, पेशोक, लप्चु, मंगमाया, गेल, सिलिगुडी आदि क्षेत्रबाट व्यापक संख्यामा बौद्ध भक्तजनहरुको भेला रहेको जानकारी संगठन प्रचार प्रसार सचिव सुरेन पाख्रिनले जनाएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?