प्राय: ७० को दशकमा रेशेप बजारको मूल सडक मानिने सिन्कोना व्यवस्थापक कार्यलयदेखिको कटुवाल गोलाई सम्मको सडक बर्तमान रुग्न अवस्थामा रहिआएको छ | रेशेप विभाग भित्र पर्ने यस सडक मर्मति नभएको दुई चार वर्ष होइन तर हालसम्म मर्मति भएको नै थाहा लागेको छैन | सडकको बेहाल अवस्थाले रेशेप बजार नजिकको यस क्षेत्रभित्र बस्ने ग्रामबासीले धेरै वर्षहरुदेखि हुनसम्मको समस्या झेल्न परिरहेको सर्वविधित छ | गाडीहरु कुद्न नसक्ने अवस्था भएकोले बिमारीहरु अझै पनि राम्रो सडकसम्म केमकाठ वा चौकीमा बोकेर ल्याउन पर्ने अवस्था अझै पनि यहाँको ग्रामबासीको छ | घरको सामानहरु आधा बाटोसम्म गाडीमा ल्याएर फेरि मान्छेले नै बोकेर घरसम्म पुराउन पर्ने बाध्यता स्थानीय बासिन्धाहरुले बताएको छ | सम्बन्धित विभागबाट मर्मति हुने आशामा बसेका गाउँलेहरुको प्रतिक्षाको सिमा नाघेपछि स्थानीय मानिसहरुले धेरै चोटि श्रमदान साथै एकार्कामा पैसा उठाएर सडक मर्मति गर्ने गरेपनि समस्याको चिरस्थायी समाधान भने हुन सकेको छैन | प्राप्त जानकारी अनुसार यस सडकलाई लिएर सम्बन्धित विभागले धेरै चोटि नापजोख साथै एस्टिमेट सम्म गरेको थाहा लागेपनि आजसम्म बाटोको समस्या भने समाधान हुन सकेको छैन | स्मरण रहोस यो सडक सही ढंगमा निर्माण अथवा मर्मति गर्नसके रेशेप बजारको दिनोदिन बढ्दै गइरहेको ट्राफिक समस्या निश्चित रुपमा हल हुनेछ भने यसले रेशेप बजारको बैकल्पिक सडकको काम गर्नेछ | यतिमात्र नभएर बर्तमान समयमा बढ्दै गइरहेको बजार बिस्तार साथै जनघनत्वलाई विचार्दा भविष्यमा यदि यो सडक निर्माण भए यही सडकको किनारमा पनि ठूलो बजार बिस्तार भएर जाने पूर्वानुमान लगाउन सकिन्छ | मुख्यत: यस्ता गाउँ, समाज साथै क्षेत्रको बिकासलाई लिएर कुनै पनि राजनैतिक दलहरुले समस्यालाई राजनैतिक मुद्दा नबनाएर सकेसम्म आ-आफ्नो पक्षबाट पहल गर्नु पर्ने आवश्यकता देखिन्छ भने धेरै पुरानो समयदेखि मर्मति हुन नसकेको यस सडकलाई लिएर क्षेत्रभरिका संघ, संस्थाहरुले पनि अब संयुक्त रुपमा सडकमा उत्रेर माग गर्नु पर्ने बाध्यता आइपरेको पनि स्थानीय सचेत व्यक्तिहरुले बताएको छ |

Post a Comment
We love to hear from you! What's on your mind?