गत बुधबार सहायक संगठन मङपु क्षेत्रीय समितिको प्रतिनिधित्वमा सरकारी सिन्कोना बगान मङपु अधिनस्थ विभिन्न प्रभाग, कार्यलय एवम कारखानाका समस्त सहायकवर्गले सिन्कोना बगानमा दीर्घ दिनदेखि बन्द रहेको ग्रूप डी नियुक्ति प्रक्रियाबारे जानकारी लिन साथै यसलाई व्यवस्थापनले यथाशीघ्र कार्यान्वयन गरिदिनपर्छ भनी व्यवस्थापक सरकारी सिन्कोना बगान मङपु जेसव सादासित सौहार्दपूर्ण भेटवार्ता गर्दै एउटा ज्ञापन पत्र चडाएको छ | सिन्कोना बगानमा उक्त नियुक्ति प्रक्रिया बन्द रहनुको कारणहरु साथै यसलाई सुचारु गराउन व्यवस्थापनले धेरै अघिदेखि नै ठोस कदमहरु चालिरहेको तर कतिपय तक्निकीय असुविधाहरुको कारण सो प्रक्रिया बर्तमान सुचारु हुन नसकेको जानकारी व्यवस्थापक सादाले दिंदै बगान अनि कार्यलयहरुमा पूर्ण जिम्मेवारी बहन गर्दै कार्य गरिरहेका सहायकवर्गलाई नियुक्ति प्रदान गर्न नसकिरहेकोमा गहिरो खेद प्रकट गरेका छन् | नियुक्ति प्रक्रिया सुचारु गराउन व्यवस्थापनले सम्बन्धित निकायहरुसंग बारम्बार सम्पर्कमा रहि ठोस कार्यहरु गरिरहेको साथै दुई चार तक्निकीय समस्याहरुको समाधान भए उक्त प्रक्रिया चाडैं खोलिन सक्ने आश्वस्त गराए | यो भेटवार्ताबारे व्यवस्थापक सरकारी सिन्कोना बगानको पक्षबाट एक वृस्तृत रिपोर्ट तयार गरी निर्देशक, सिन्कोना अनि अन्य औषधीय पौधाहरु कहाँ पेश गर्ने पनि उनले सम्पूर्ण उपस्थितिवर्गलाई जनाए | सहायक केन्द्रीय समितिको कार्यक्रम अनुसार नियुक्ति विषयमा निर्देशक सिन्कोना एवम अन्य औषधीय पौधाहरुसित पनि चाडै भेटवार्ता गर्ने जानकारी केन्द्रीय समिति मूल सचिव मुनाल घिसिंगले दिएएका छन् ||

Post a Comment
We love to hear from you! What's on your mind?