सिन्कोनाको सम्पूर्ण विभागहरुमा थाँतीमा रहेको पदोन्नति प्रक्रिया हालैमा शुरु भएको छ | यही पदोन्नति प्रकियालाई केन्द्र गर्दै गोर्खा जनमुक्ति मोर्चाको मजदुर युनियन दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन जसले धेरै समय अघिदेखि यही पदोन्नति प्रक्रियालाई लिएर सिन्कोना बगानमा कार्यरत कर्मचारी तथा मजदुरहरुको हितमा बारबार सरकार साथै सिन्कोना निर्देशकसित भेटवार्ता गर्दै रिझाई रहेको थियो भने केही दिन अघि मात्र सिन्कोनाको हेडक्वाटर मङपुमा अवस्थित निर्देशालय कार्यलयमा सिन्कोना अनि अन्य औषधीय पौधाहरुको निर्देशक डा० सामुयल राईसित भेट गरि पदोन्नति प्रक्रिया मार्च महिनाको पहिलो तारिखदेखि नै शुरु गरिदिने निवेदन गरेका थिए जो आज आएर सोही प्रक्रिया शुरु गरि कर्मचारीहरुको पदोन्नति भएकोमा दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन महासचिव गगन राईले समस्त सिन्कोना बगानका पदोन्नति प्राप्त कर्मचारीहरुलाई बधाई साथै आफ्नो नयाँ जिम्मेवारी कुशल ढंगमा बहन गरिदिने निवेदन गरेका छन् भने पदोन्नति प्रकिया शुरु गरिदिएकोमा सिन्कोना निर्देशकलाई पनि उनले हार्दिक कृतज्ञता जनाएको छ | यसरी नै पत्रकारहरुसित कुराकानी गर्दै सचिव राईले अब कर्मचारीदेखि ग्रुप डीमा पनि पदोन्नति गरी अहिलेसम्मका सम्पूर्ण सिजनल लेबरहरुलाई स्थायी मजदुरमा चाडो नियुक्त गरिदिने निर्देशक प्रति निवेदन गरेका छन् ||

Post a Comment
We love to hear from you! What's on your mind?