अन्तराष्ट्रीय महिला दिवसको अवसर पारेर रङली रङलियट खण्ड तृणमूल महिला कांग्रेसको तत्वधानमा “बी बोल्ड फर चेन्ज” अर्थात परिवर्तनको लागी आँट गरौँको मूल नारा सहित स्थानीय निर्मला चौक मङपुदेखि कटुवाल गोलाई रेशेप बजारसम्म पथयात्रा निकाल्यो | दार्जीलिंग जिल्ला हिल महिला तृणमूल कांग्रेस सचिवा रेजिना गुरुङको अगुवाईमा निकालिएको पथयात्रा मङपु नालीडांडा फाटकमा समापन भयो | सो जुलुस दिउँसोको ११:३० बजे शुरु भइ १२: ४५ बजे समाप्त भयो | पथयात्रामा तृणमूल महिला कांग्रेसका प्रतिनिधि एवम समर्थकहरुले हात हातमा “ “परिवर्तनको लागी आँट गरौँ “ महिला हिंसा बन्द गरौँ, हिल तृणमूल कांग्रेस जिन्दाबाद, जय ममता, जय टीएमसी जस्ता नाराहरु सहित प्ला कार्ड बोकेर हिंडेका थिए | उक्त जुलुसमा मङपु भेकका रङबी विभाग, रन्जुभेल्ली, ७४ धुरा साथै गेल भनज्याङ अनि जिंगलामका महिलाहरुको सहभागिता रहेको थियो साथै आरआर ब्लक कार्यकारी सभानेत्री सपना बल, सचिव बिनिता सुब्बा, उपसभापति बिनिता तामांग, आरआर ब्लक सहसचिव रन्जु कार्की, लाब्दा मङपु समष्टि कार्यकारी सभानेत्री सकुन राई, रोङचोङ ग्राम पंचायत कार्यकारी सदस्या बिन्ध्या तामांग, उर्मिला राई, श्याममाया तामांग ( जिंगलाम) लगायत रिनु तामांग उपसभापति जिंगलाम आदि सामेल रहेका थिए ||

Post a Comment
We love to hear from you! What's on your mind?