सिन्कोना प्लान्टेशन वकर्स युनियन केन्द्रीय समितिको यस माग प्रति सकारात्मक पहल अघि बढाउँदै जीटीएका सेक्रेटरी सी मुर्गन आउँदो १४ जून मा निर्देशकको कार्यलय मङपुमा आइ यस विषयमा निर्देशक अनि सिन्कोना प्लान्टेशन वकर्स युनियनका प्रतिनिधिहरुसंग उक्त समस्याको समाधानार्थ छलफल गर्ने सेक्रेटरीले बचन दिएका छन् | बगानको यस जटिल समस्या समाधानार्थ वार्ता खोलिएको हुनाले युनियनले निर्देशक संग राखेको १० दिनको अल्टिमेटमलाई हाल स्थगित गरिएको छ | तथापि यी वार्ताहरुमा समस्याको समाधान ननिस्किए युनियनले उक्त कार्यक्रम अवश्यै मैदानमा उतार्ने छ |
भेटवार्तामा टोलीलाई मिरेन लामा, गोजमुमो केन्द्रीय समिति सदस्यले अगुवाई गरेका थिए भने यसै युनियनका सभापति, कार्यकारी सभापति, उपसभापति, मूल सचिव, खजांजी अनि कार्यकारी सदस्य क्रमैले एनएस गुरुङ, गगन राई, बिराट गुरुङ, अमृत खड्का, जयपति राई अनि सन्जीब घिसिंग उपस्थित थिए | साथै गोजमुमो मङपु लाब्दा समष्टिको पक्षबाट मूल सचिव गगन राई, उपसभापति मुनाल घिसिंग, प्रवक्ता रन्जित सिन्चुरी पनि उपस्थित थिए भने सिन्कोना प्लान्टेशन वकर्स युनियन मङपु जोनल समितिका सभापति अनि प्रवक्ता किशन बुडाथोकी साथै रिनेश शेर्पा पनि उपस्थित रहेको युनियनले एक विज्ञप्ति मार्फत जनाएको छ ||
Post a Comment