मङपु, २५ अक्टुबर, राजेश थापा: सिन्कोना बगानमा विगत प्राय: १० वर्ष अघिदेखिनै बन्द रहेको ग्रुप डी पदोन्नति बारे जानकारी लिन राज्य सभा सांसद शान्ता छेत्री आज अचानक मङपु सिन्कोना निर्देशालय आई निर्देशक डा० सामुयल राईसित भेटवार्ता गरेकी छन् । तिनले यो आकस्मिक भ्रमण केवल टीएमसी समर्थक दिदी बहिनीसितको भेट मात्र रहेको बताए पनि सिन्कोना निर्देशालयमा पुगी बिशेष रुपले ग्रुप डी पदोन्नति अनि तिहार अघाडि यस महिनाको तनाखा नपाउने सन्दर्भमा बातचित गर्नुमा महत्त्वपूर्ण विषयलाई नै लक्ष्य गरेर आएको अनुमान लगाइएको छ । तिनले पदोन्नति बारे आफू राज्य सभा सांसद रहेको कारण आफ्नै दायित्व पनि रहने भएकोले आफ्नो पक्षबाट पूर्ण पहल रहने बताउदै जीटीएबाट पनि कागजी पहलहरु भइरहेको बताएकी छन् । यसै भ्रमणमा तिनले नव निर्मित आइटीआई अनि हिल युनिभर्सिटीको पनि कुरा गरिन् ।
अरु के कुरा भयो हेर्नोस् भिडियो...
Post a Comment