GNLF with Ex MLA NB Chhetri met Minister Abdur Razzak MollaGNLF with Ex MLA NB Chhetri met Minister Abdur Razzak Molla

सिन्कोना झनै बन्यो चिन्ताको बिषय

GNLF with Ex MLA NB Chhetri met Minister Abdur Razzak Molla
अंग्रेजकालिन पहाडी उद्योग सिन्कोना यस बेला चिन्ताको विषय बन्दै गइरहेको छ | सिन्कोनाको गुरुत्वपूर्ण पक्ष सिन्कोना कारखाना कयौंवर्षदेखि अचल छन् भने सरकारी कर्मचारीहरुका संख्यामा ह्रास आएको छ | पदोन्नति प्रकिया बन्द भएकोले श्रमिक पदोन्नति र बदला कामको सिलसिलामा रुकावट आएको छ | यस समस्या समधान सरोकारमा सरकारको पहल आजसम्म शुन्य प्राय: छ भने राजनैतिक दलहरुका प्रमुख एजेण्डा नै सिन्कोना समस्याको समाधान बनेको छ | सिन्कोना समस्यालाई प्रमुख मुद्दा मानिरहेको राजनैतिक दल र श्रमिक संगठनहरु हर हालतमा सिन्कोनाको उन्नति चाहन्छन् | जसको निम्ति ३ जुन मङपु सिन्कोना बगान आइपुगेका पश्चिम बङ्गाल राज्य हर्टिकल्चर एवम फ्लोरिकल्चर मन्त्री अब्दुल रजाक मोल्लासित सिन्कोना समस्या बताउँदै गोरामुमो पार्टीका श्रमिक संगठन एचपीडब्ल्युयुले पुर्व विधायक एनबी छेत्रीको अगुवाईमा भेट गर्दै सात बुँदे ज्ञापन पत्र हस्तान्तरण गरेको छ | माग पत्रमा प्रमुख रुपमा दीर्घ दिनदेखि बन्द रहेको सिन्कोना कारखाना खुलाउन पर्ने सुझाव राखेका छन् | त्यसको साथै ह्रास आएको सरकारी कर्मचारीहरुको संख्यामा बढोत्तरी गरिदिने अनि एकाइसौं शताब्दि अनुसार नौलो तकनिकी भित्राई सिन्कोना उत्पादनमा सरकारले ध्यान दियाजावोस भनि लेखिएको छ | यसरी नै ग्रूप डी चाडै खुलाओस, बर्तमान समयको महंगाई अनुसार श्रमिकहरुका दैनिक हाजिरामा सरकारले ध्यान दिइ महङ्गाइ अनुसार श्रमिकहरुको दैनिक हाजिरामा वृद्धि गरि दियोस आदि कुरा पनि जनाइएको छ | सिन्कोना समस्या सबै सुनेपछि मन्त्रीले मुख्यमन्त्री ममता ब्यनार्जीसित बात गरि समाधान गरिदिने बताएका छन् ||

अंग्रेजकालिन पहाडी उद्योग सिन्कोना यस बेला चिन्ताको विषय बन्दै गइरहेको छ | सिन्कोनाको गुरुत्वपूर्ण पक्ष सिन्कोना कारखाना कयौंवर्षदेखि अचल छन् भने सरकारी कर्मचारीहरुका संख्यामा ह्रास आएको छ |

Read latest post filed under cinchona, mungpoo news, political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.