गत वर्षको गोर्खाल्याण्ड आन्दोलनमा छिन्न भिन्न भएको टीएमसी पार्टीले फेरि आफ्नो घडेरी कस्ने काम द्रुत गतिमा गर्न थालेको पाइएको छ | यता मङपु क्षेत्रमा पनि विगतमा गोर्खा जनमुक्ति मोर्चाको दह्रिलो पकड रहेको भए पनि आन्दोलनपछि गोजमुमो बिमल पन्थी र बिनय पन्थीमा छुट्टिएपछि समर्थकहरु कतिपय प्रशासनिक तथा कानुनी दबावको कारण पहिले बिनय पन्थीमा धुइरो लाग्ने गरेको भएपनि बर्तमान फेरि दिनप्रतिदिन टीएमसी पार्टीमा सामेल हुने क्रम जारी रहेको छ | बिशेष गरेर अघिल्लो हप्ता बिमल गुरुङलाई कुरेर बस्ने मङपु लाब्दा समष्टि गोर्खा जनमुक्ति मोर्चा पूर्व सभापति सचिवनै टीएमसी पार्टीमा सामेल भएपछि झनै उक्त पार्टीमा सामेल हुनेहरुको संख्या दिनोदिन बड्दै गइरहेको छ |
हिज मात्र यहाँको मङपु विभाग अन्तर्गत किम्बु धुरामा पावल प्रधानको प्रयासमा आंचलिक पार्टी गोजमुमोदेखि विमुख हुँदै महिला र पुरुषहरुको एक वृहत झुण्डले राष्ट्रीय पार्टी तृणामूल कांग्रेसको झण्डा गरी टीएमसी पार्टीमा सामेल भएको छ | यहाँका जम्मा ५२ घर गोजमुमो समर्थकहरु टीएमसीमा सामेल भएको जानकारी प्राप्त भएको छ | एउटा जनसभाको आयोजना गर्दै पार्टीमा स्वागत जनाइएको उक्त कार्यक्रममा पावल प्रधान, गोपी राई, संजय थापा, राज्बीर पाख्रीन, रतन लामा, बीएस राई, प्रमोद छेत्री, सिन्कोना बगान कर्मी युनियन केन्द्रीय महासचिव किरण ब्लोन, टीएमसी जिल्ला महिला एकाई महासचिवा रेजिना गुरुङ बिशेष रुपले उपस्थित थिए | भैरपसिंह राईको अध्यक्षतामा सम्पन्न उक्त सभामा एनके गुरुङ, बीके गुरुङ, अर्पणदीप थापा, उर्गेन शेर्पा, सुबास राई, पासांग भोटिया, निर्मल छेत्री, ज्ञानदीप राई, गजेन्द्र गुरुङ आदिको पनि उपस्थिति थियो |
यसरी नै आज मात्र रेसेप फरेस्ट बस्तिमा पनि प्राय: २३ घरले टीएमसी पार्टीको झण्डा ग्रहण गरेको समाचार प्राप्त भएको छ | रेसेप फरेस्ट बस्तिको शिक्षा ज्योति पाठशाला जन मैदानमा आयोजित आनी कमल तामांगको अध्यक्षतामा सम्पन्न सभामा बिशेष रुपले आज पर्यान्त विभिन्न राजनैतिक दलहरु आएपनि हालसम्म गाउँमा भने जस्तो केही बिकास हुन नसकेकोले नै आफ्नो गाउँ बिकास हेतु सरकारकै पार्टी टीएमसीले केही विकाश गर्ने आशा बोकेरनै टीएमसी पार्टीमा सामेल भएको जानकारी छ | सभामा स्वरूपलाल राई, सुदिप राई, कैलास राई, इन्द्र राई उदय गुरुङ आदिले आफ्नो गाउँको दुरावस्था बारे वक्तब्य राखे भने सुजित राई लाब्दा, चन्द्र प्रधान, रेजिना गुरुङ, रन्जु कार्कीले पनि सभालाई सम्बोधन गरेका थिए ||

Post a Comment