गए सातादेखि सिम्ले युनाईटेड बोईज क्लबको तत्परतामा शुरु गरिएको गाउँको सड़क सफाई अभियान लगभग तेह्र दिनपछि समाप्त भयो | गाउँ पस्ने सड़कको मुलद्वार कामीडाड़ादेखि शुरु गरीएको उक्त सफाई अभियान गर्दै जादाँ गाउँका सचेत युवा वर्ग, दिदि-बहिनी लगायत बुड़ापाकाहरूले पनि कल्बको कार्यलाई सराहना गर्दै हातमा काँटा, फरूवा, बेल्चा अनि हँसिया लिएर हातेमालो गर्न सड़कमा निस्किएका थिए | यसरी नै कतिले चिया -पानी, बिस्किट-भुजा, फलहरू साथै चिसो पेय पदार्थहरूको व्यवस्था गरिदिएर पनि क्लबलाई सहयोग गरेका थिए | उक्त सफाई अभियानलाई सफल गराउन विशेष सहयोगी हातहरु टिस्टा-रगींत सब- क्लस्टर, सिम्ले धुरा, रोगंचोगं ग्राम पचांयत, सचेत युवा जमात एवं ग्रामवासी प्रति सिम्ले युनाईटेड बोईज क्लबले हार्दिक आभार प्रकट गरेको जानकारी क्लबको पक्षमा अरिफ मंगरले दिएका छन् ||
Post a Comment
We love to hear from you! What's on your mind?