स्वर कि रानी स्वर साम्रगी अरुणा लामाको ७३वा जन्म जयन्ती स्थानीय मङपु निर्मला चोक परिसरमा हरिप्रसाद राईको अध्यक्षता सम्पन्न भयो | अरुणा लामा शालिग़ निर्माण समिति मङपुको आयोजनामा सम्पन्न भएको कार्यक्रममा आयोजक समितिका सभापति अनि गायक राजेन आले अनि प्रमुख अतिथि सिन्कोना बगान रेसेप विभाग ग्यांङम्यान हरिप्रसाद राईको बाहुलीबाट अरुणा लामाको सलिगमा दीप प्रज्वलन अनि माल्यार्पण गरियो | शिक्षक दिलिप शर्माले संचालन गरेको समारोहमा गायिका शिला योन्जनले अरुणा लामाको एउटा छोटो गीत प्रस्तुत गरिन | यसरी मङपुका गायक पदम बराली,मणि राई,अनुप गुरुङ अनि सन्तमंगल विधालयका प्राचार्य मन्जीत थापा साथै साहित्यकार सुजीत थापा अनि श्याम सिङगौरे आदिले पनि अरुणा लामाको शालिग मा माल्यार्पण गरे | स्मरण रहोस नेपाली जगतका ख्यातीप्राप्त गायिका स्वर साम्रगी अरुणा लामाले बाल्य शिक्षा मङपुमा नै बिताएको थिए भने अरुणा लामा सालिग़ निर्माण समिति मङपुले उनको शालिग अनावरण १९अक्टुबर २०१३ सालमा स्थानीय निर्मला चोकमा गरेका थिए | सोहि शालिगमा अरुणा लामाको ७३वा जन्मजयन्ती भव्यताको साथ पालन गरियो भने उक्त शालिग को निर्माण प्रख्यात मुर्तिकार अमीर सुन्दासले गरेका थिए |
अरुणा लामा जन्म जयन्ती पालन
09Sep2018
Post a Comment