मङपुमा विश्वविधालय बनिने भएकोमा कृतज्ञता कार्यक्रम

Darjeeling University Thanks giving programme addressing by Binay Tamang GTA
दार्जीलिंग पहाडमा विश्वविधालय हुनपर्ने पुरानो सपना पुरा हुन गइरहेको केही दिन अघि मात्र पश्चिम बङ्गाल मुख्यमन्त्री ममता ब्यनार्जीले दार्जीलिंगको चौरस्ताबाट मङपुको जोगीघाटमा राज्य विश्वविधालय अर्थात दार्जीलिंग हिल युनिभर्सिटी निर्माणको शिलान्यास गरेपछि समस्त पहाडले अनुभव गरेको छ | यसै खुशीको अवसरमा आज मङपु भब्य कृतज्ञता कार्यक्रम सम्पन्न भयो | कार्यक्रमले पहाडमा विश्वविधालय भित्राउनमा जीटीए अध्यक्ष बिनय तामांग साथै उपाध्यक्ष्य अनित थापा लगायत विधायकहरु अमरसिंह राई र डा0 रोहित शर्माको अहम भूमिका रहेको बताउंदै हार्दिक कृतज्ञता प्रकट गरे | यही कार्यक्रममा प्रमुख अतिथिको पदमा आसिन जीटीय अध्यक्ष तथा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिनय तामांगले आफ्नो सम्बोधनमा क्षेत्रको निम्ति अझ थप उपहार स्वरुप घोषणाहरु गरेका छन् | जसमा रम्बीमा अवस्थित बीपीएचसीलाई ट्रामा सेन्टर बनाउने, लोहापुलदेखि जोगीघाटसम्म चाडै फराकिलो सडक निर्माण गर्ने साथै रम्बीमा एउटा अग्नि शमन केन्द्र निर्माण गर्ने बताएका छन् | तिनले पहिले ग्रीनफिल्ड युनिभर्सिटीपछि मुख्यमन्त्री स्वयले साहित्यकार इन्द्रबहादुर राई र अगमसिंह गिरीका नामहरु प्रस्तावमा ल्याएको भएपनि सबैले दार्जीलिंग युनिभर्सिटी नामलाई नै सहमति दिएको हुँदा विश्वविधालयको निम्ति पछिबाट निर्माण हुने अन्य भवनहरुको नाम इन्द्र बहादुर राई अनि अगम सिंह गिरीको नाममा बनिने पनि जनाए |
कृतज्ञता कार्यक्रममा उपहार स्वरूप फूलको गुच्छा मिरेन लामाबाट बिनय तामांगलाई, डीएस लोहारबाट डा० रोहित शर्मालाई, एडवर्ड लेप्चाद्वारा अनित थापाको अनुपस्थितिमा अनोस थापाको मध्यमबाट हस्तान्तरण, बीबी मिश्रबाट डा० सामुयल राईलाई प्रदान गरियो |
यसै कार्यक्रममा मङपुको अहिलेसम्मको शैक्षिक इतिहास अनि पहाडको शिक्षण प्रणालीमाथि प्रोफेसर संजय विष्टले आफ्नो मन्तब्य राखे भने डा० ज्ञानचन्द्र गुरुङले विश्वविधालय माथि शोधपूर्ण वक्तब्य राखे | अनित खाती एव सपना खड्काद्वारा संचालित कार्यक्रमलाई विधायक डा० रोहित शर्मा अनि विधायक अमरसिंह राईले पनि सम्बोधन गरेका थिए भने सिन्कोना एवम अन्य औषधीय पौदाका निर्देशक डा० सामुयल राईले अध्यक्षीय सम्भाषण राखे | कार्यक्रममा आमन्त्रित जीटीए उपाध्यक्ष अनित थापाको भने उपस्थिति थिएन | कार्यक्रममा जीटीए तथा गोजमुमोका उच्च पदस्थ अधिकारीहरु अनोस थापा, नर्बुजी लामा, आरबी लामा, लगायत मङपुका विशिष्ट व्यक्ति तथा शिक्षकहरुको पनि उपस्थिति रहेको थियो ||

दार्जीलिंग पहाडमा विश्वविधालय हुनपर्ने पुरानो सपना पुरा हुन गइरहेको केही दिन अघि मात्र पश्चिम बङ्गाल मुख्यमन्त्री ममता ब्यनार्जीले दार्जीलिंगको चौरस्ताबाट मङपुको जोगीघाटमा राज्य विश्वविधालय अर्थात दार्जीलिंग हिल युनिभर्सिटी निर्माणको शिलान्यास गरेपछि समस्त पहाडले अनुभव गरेको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.