राज्य युनिभर्सिटी बनिए सम्पूर्ण पहाडलाई नै फाइदा हुनेछ - सिन्कोना निर्देशक

Cinchona Director Dr Samuel Rai
मङपु, १ सेप्टेम्बर, राजेश थापा: पहाडमा दीर्घ दिनदेखि राज्य युनिभर्सिटी अर्थात ग्रीनफिल्ड युनिभर्सिटी बनिने हल्लाले पहाडबासीमा कौतुहल संगै खुशीको लहर केही दिनअघि मात्र पत्र पत्रिका मार्फत आगमी ५ सेप्टेम्बरको दिन राज्यकी मुख्यमन्त्री स्वयले शिलान्यास गर्ने खबरले दोब्बर बढेर गएको छ | यस युनिभर्सिटी मङपु सिन्कोना बगानको जमीनमा बनिने भएको छ | राज्यकी मुख्यमन्त्री ममता ब्यनार्जी आगमी ३ सेप्टेम्बरदेखि नै पहाडको भ्रमणमा उक्लिने भएकी छन् औं यही भ्रमण अवधि ५ सेप्टेम्बरमा शिक्षक दिवसको शुभमुहुर्त पारेर युनिभर्सिटीको निम्ति शिलान्यास पनि गरेर जाने होहल्ला चुलिएको छ | यसै सन्दर्भ सिन्कोना निर्देशक डा0 सामुयल राईले सिन्कोनाको जमीनमा बनिने युनिभर्सिटीले मङपु क्षेत्रलाई मात्र नभएर समस्त जीटीए पहाडलाई नै फाइदा हुने बताएका छन् | विधार्थीहरुलाई अब उच्च शिक्षा हासिल गर्न आफ्नो गाउँ शहर छोडेर टाडो जान नपर्ने भएकोले तिनीहरुको अभिभावकसम्मलाई फाइदा हुने अड्कल लगाएका छन् | युनिभर्सिटी बनिएपछि टाडा नजिकबाट पडन आउने विधार्थीहरु संगै युनिभर्सिटीसित सम्बन्धित अधिकारीहरुको आवत जावतले क्षेत्रको आर्थिक विकाश हुनसक्ने पनि तिनको अनुमान छ | सन्दर्भमा इतिहास पल्टाई हेर्दा पहिले पनि सिन्कोनाको जमीन एनएचपीसीलाई दिंदा त्यहाँ निर्मित हाइड्रोइलेक्ट्रिक प्रोजेक्टमा सिन्कोनाबासीले भने जस्तो मौका नपाएकोमा तितो अनुभवहरु समयानुसार नसुनिएको होइन | अब युनिभर्सिटी बनिएपछि सिन्कोनाबासीलाई के कस्तो सुयोग मिल्ने हो भन्नेतिर पनि दिनोदीन टुक्रिंदै गइरहेको सिन्कोनाको जमीनबारे सोंच राख्ने सरोकार पक्षले गिद्ध नजर दिइरहेको बुझिएको छ | एउटा प्रश्नको उतर दिंदै निर्देशक राईले युनिभर्सिटीको निम्ति कोलकाताबाट २५ ऐकर जमीनको मात्र निवेदन आएको बताए | त्यस बाहेक कति जमीन सिन्कोनाको जाने हो आफुसित कुनै फाइल नआएको पनि खुलस्त पारेका छन् भने जमीनको निम्ति एनओसीको भने प्रक्रिया चलिरहेको जानकारी पाइएको छ | मुख्यमन्त्री नै शिलान्याश गर्न आउने हुन् या होइन यसको कुनै आधिकारिक जानकारी अहिलेसम्म नआएको र केही दिन भित्रमा आउन सक्ने अड्कलमा आशावादी निर्देशकले आफूले केवल मिडीया मार्फत नै मुख्यमन्त्री शिलान्यासको निम्ति आउने कुरो सुनेको बताए ||

पहाडमा दीर्घ दिनदेखि राज्य युनिभर्सिटी अर्थात ग्रीनफिल्ड युनिभर्सिटी बनिने हल्लाले पहाडबासीमा कौतुहल संगै खुशीको लहर केही दिनअघि मात्र पत्र पत्रिका मार्फत आगमी ५ सेप्टेम्बरको दिन राज्यकी मुख्यमन्त्री स्वयले शिलान्यास गर्ने खबरले दोब्बर बढेर गएको छ | यस युनिभर्सिटी मङपु सिन्कोना बगानको जमीनमा बनिने भएको छ |

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.