दार्जीलिंग युनिभर्सिटीको निम्ति जोगीघाटमा राखियो शिलाधार

Foundation stone for Darjeeling University at Jogighat Mungpoo
दीर्घ दिनदेखि पहाडको निम्ति राज्य विश्वविधालय बनिने कुरोलाई व्यवहारिकतामा ल्याउँदै आज राज्यकी मुख्यमन्त्री ममता ब्यनार्जीले दार्जीलिंग चौरस्ताबाट विभिन्न परियोजनाहरु संगै मङपुमा निर्माण हुने राज्य स्तरीय विश्वविधालय दार्जीलिंग युनिभर्सिटीको शिलान्यास गरे भने यता मङपुको जोगीघाटमा पनि शिलाधार राखिने कार्य भएको छ | मुख्यमन्त्रीपछि दार्जीलिंग जिल्ला शासकको निर्देश अनुसार तक्दा खण्ड अधिकारी सौभिक बसुको बिशेष उपस्थितिमा लेप्चा कल्चरल बोर्ड, शेर्पा कल्चरल बोर्ड अनि लिम्बु कल्चरल बोर्ड द्वारा उनीहरुको सम्बन्धित धर्म गुरुहरुद्वारा विश्व विधालय निर्माण कार्यमा कुनै प्रकारको वाधा अड्चन आइनपरोस भन्दै विधिपुर्वक पुजा अर्चना गरिएको छ | आजको शिलाधार कार्यक्रममा उपरोक्त बोर्डका प्रतिनिधिहरु संगै टीएमसी पार्टी मङपुबाट किरण ब्लोन, रेजिना गुरुङ, रतन लामा, उर्गेन शेर्पा आदिको पनि उपस्थिति रहेको थियो | आज शिक्षक दिवसकै अवसरमा मङपुको भूमिमा राज्य स्तरीय युनिभर्सिटी बनिने अनि यसको शिलाधार राखिने कार्यक्रम भएकोले क्षेत्रबासीमा पनि हर्ष बढेको र शिक्षक दिवस कार्यक्रमहरुबाट विभिन्न विधालयका शिक्षकहरुले पनि मुख्यमन्त्रीलाई यस महत कार्यको निम्ति आभार प्रकट गरेको जानकारी प्राप्त भएको छ || 

दीर्घ दिनदेखि पहाडको निम्ति राज्य विश्वविधालय बनिने कुरोलाई व्यवहारिकतामा ल्याउँदै आज राज्यकी मुख्यमन्त्री ममता ब्यनार्जीले दार्जीलिंग चौरस्ताबाट विभिन्न परियोजनाहरु संगै मङपुमा निर्माण हुने राज्य

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.