मङपुको विभिन्न विधालयहरुमा शिक्षक दिवस पालन

Teachers Day celebration St Anthony School Mungpoo
आज शिक्षक दिवसको उपलक्ष्यमा यहाँका विभिन्न विधालयहरुमा शिक्षक दिवस पालन गरिएको जानकारी प्राप्त भएको छ | स्थानीय कस्तुरी एमएसकेमा देवदास राई सम्प्रसारक प्रभारीको अध्यक्षतामा शिक्षक दिवस विधालय प्राङगनमा भब्य रुपमा पालन गरियो | कार्यक्रममा विभिन्न श्रेणीका विधार्थीहरुले नृत्य एवम गीतहरु प्रस्तुत गरे भने विधालयका भूतपूर्व विधार्थीहरुले पनि शिक्षकहरुलाई खदा माला अनि उपहार दिएर शिक्षकहरुलाई सम्मान जनाए | यस कार्यक्रममा विधालय प्रभारीले शिक्षक दिवसको महत्व बारे प्रकाश पारे साथै विधार्थी तुलसी भुजेलले डा० सर्वपल्ली राधा कृष्णनको योगदान बारे आफ्नो मन्तब्य राखे | यसै क्रममा सम्प्रसारक दिलिप शर्माले भारत स्वतन्त्र भए पनि शिक्षकहरुले आफ्नो मौलिक अधिकार समान वेतनको निम्ति सर्वोच्च न्यायलयमा आफ्नो अधिकार हेतु लड्न परिरहेको विडम्बना रहेको यथार्थलाई पनि प्रकाश पारे साथै एसएसके, एमएसकेका शिक्षकहरुले जुलाई महिनाको वेतन अहिलेसम्म प्राप्त नभएकोले आर्थिक कठिनाईहरु भोग्न परेको मन्तब्य प्रकट गरे | आजकै दिन मङपुमा विश्वविधालयको शिलान्यास हुन गएकोमा हर्ष व्यक्त गर्दै आजको दिन मङपु मात्र नभएर दार्जीलिंगकै इतिहासमा एउटा माइल खुट्टी भएर रहनेछ भन्ने बिचार राखे | यसै क्रममा विधार्थीहरुलाई मार्ग दर्शन गर्दै सम्प्रसारकहरु क्रमैले हर्क राई, मणी राई, श्याम सिंगौरे, दिपेन राई, उमा भुजेलले पनि सम्बोधन गरे | यस कार्यक्रमको संचालन एलिना तामांगले गरेका थिए भने बिमल छेत्रीले विधार्थीको विधालय प्रतिको भूमिका बारे आफ्नो विचार प्रस्तुत गरे |
यसको साथै मङपुका अन्य पाठशालाहरु लाब्दा एमएसके, सेन्ट एन्थोनी स्कूल, हिल एन्जेल्स एकाडेमी आदि पाठशालाहरुमा पनि शिक्षक दिवस पालन गरिएको जानकारी प्राप्त भएको छ ||

आज शिक्षक दिवसको उपलक्ष्यमा यहाँका विभिन्न विधालयहरुमा शिक्षक दिवस पालन गरिएको जानकारी प्राप्त भएको छ | स्थानीय कस्तुरी एमएसकेमा देवदास राई सम्प्रसारक प्रभारीको अध्यक्षतामा शिक्षक दिवस विधालय प्राङगनमा भब्य रुपमा पालन गरियो | कार्यक्रममा विभिन्न श्रेणीका विधार्थीहरुले नृत्य एवम गीतहरु

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.