अन्तिम लडाईँको घोषणाको माग गर्दै कालेबुङ शहरभरि पोस्टरिङ

Postering in Kalimpong town
कालेबुङ शहरको विभिन्न ठाउँहरूमा आज जनताको नाउँमा पोस्टर देखा परेको छ। रातीको समयमा टाँसेको हुनसक्ने उक्त पोस्टरमा ‘अन्तिम लडाईँको घोषणा हुनपर्छ’ समेत भनिएको छ। कलेबुङ शहरको प्रवेशद्वार नोभेल्टी परिसर, वाघधारा परिसर अनि मेला ग्राउण्ड माथिल्लो पट्टि आज विहान जनताको नाउँमा पोस्टर देखिएको हो। उक्त पोस्टर कसले अनि कुन अभिष्टका निम्ति टाँसेका हुन्स भन्ने कुराको भने कुनै पत्तो लाग्न सकेको छैन।

एउटा नेपाली अनि एउटा अङ्ग्रेजी भाषामा टाँसिएको पोस्टरमा सबैकुरा एउटै लेखिएको छ। ‘निर्दोष व्यक्तिहरूमाथि बम बारूदको केसहरू थोपिन्दैछ। अबला नारी, दुधे बालकको गाँस-बास खोसिन्दैछ। अत्याचारले पराकाष्ठ नाघेको छ। बोल्ने लेख्ने अधिकार खोसिएको छ। केन्द्र राज्य सरकार गोर्खा जातिप्रति ईमान्दार छैन। अब भयो ! अन्तिम लडाईँको घोषणा हुनपर्छ’ जनताको नाउँमा टाँसिएको पोस्टरमा अझ लेखिएको छ –‘ जसको जिम्मेवार केन्द्र अनि राज्य सरकार हुनेछ।’
जनताको नाउँमा उक्त पोस्टर देखा परेपछि मानिसहरूमा सनसनी छाएको छ भने पोस्टर टाँस्नेहरूले आफ्नो परिचय ‘जनता’ भनेर दिएका छन्।

http://www.gafsaff.com

कालेबुङ शहरको विभिन्न ठाउँहरूमा आज जनताको नाउँमा पोस्टर देखा परेको छ। रातीको समयमा टाँसेको हुनसक्ने उक्त पोस्टरमा ‘अन्तिम लडाईँको घोषणा हुनपर्छ’ समेत भनिएको छ। कलेबुङ शहरको प्रवेशद्वार

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.